Wednesday 2nd September 2026

टुक्काकार सहयात्री शोभा अर्यालद्वारा मारुनी छन्दमा सिर्जना गरिएका १५ टुक्काहरू



बेमौसमी झरेर पहिररो,
मुटु भित्र चोट छ गहिरो ।

दाजुभाइ आउँछन् तिहार,
रमाइलो~ गर्ने छ बिचार।

राम्रोसँग बिताउँ जीवन,
जिन्दगीमा लागेन अमन।

हामीहरु अगाडि बढेर,
राम्रोसँग शिखर चढेर।

विदेशमा तिहार मनाऊँ,
गाउँ घर राम्ररी सजाऊँ।

हामीहरु मिलेर रमाऊँ,
चाडपर्व रङ्गिन बनाऊ।

मखमली फुलेको बारीमा,
दाजुभाइ दुबई खाडीमा।

बेमौसमी झरेर पहिरो,
मुटुभित्र पिर छ गहिरो ।

आउँदैनन् अहिले प्रवासी,
मन भयो सारै नै उदासी।
१०
कसैलाई भरोसा नगर,
धेरैथोरै~मनका~रहर।
११
माइतीमा बोलाए मलाई ,
सोच्नु पर्छ हामीले भलाई ।
१२
मेलापात धेरै नै गरियो,
मुटुभित्र चोटले भरियो।
१३
जानलाई मन छ सहर,
हजारौं छ मनका रहर।
१४
विश्वास छ धोकामा नपार,
माया गरें त्यतिकै नमार।
१५
चङ्गा जस्तो उडेको जीवन,
दुई चुल्ठो बाँधेको रिबन।

✍️ सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही

::::: जय टुक्का! जय साहित्य!! :::::


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...