Friday 23rd January 2026

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- ०४ मा लेखिएका पञ्चाङ्गहरू


“पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- समपञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिती :- २०७८/ ०७ / १०
………………………………………….
प्रशिक्षक:- सोमनाथ लुइटेल
“रवि पाल्पाली”
,, तोयानाथ सुवेदी

भाषा शुद्धीकरण सुझाव :-
तिलक प्रसाद लुइटेल
सुशिला पौडेल
सविता के.सी.

संकलक :-
सविता के.सी. ,
सुशीला पौडेल,

सहजकर्ता :-
रामराजा के. सी.

======================
अक्षर संख्या १८ दिएको अनुप्रास र स्थाईमा मौलिकता झल्काई लेख्नु होला
~~~~~~~~~~~~~~~~

समपञ्चाङ्गको लागि अनुप्रास स्थायी आफै राख्नु होला ।

चुकेछ
झुकेछ
फुकेछ
लुकेछ ।

थुकेछ
ढुकेछ
रुकेछ
सुकेछ ।

समपञ्चाङ्ग १

काम गर्दै आज नि चुकेछ भन्थ्यो उसले मलाई
क्षमा मागेर शिर झुकेछ भन्थ्यो उसले मलाई
बिराएको थिएन म तर प्रहार शब्दले गर्यो
गल्ती नहुँदा छाती फुकेछ भन्थ्यो उसले मलाई
खै के भयो घरैमा लुकेछ भन्थ्यो उसले मलाई ।

साच्चै भाको गल्तिमा थुकेछ भन्थ्यो उसले मलाई
केही पाउछु भनी ढुकेछ भन्थ्यो उसले मलाई
आश पनि कति गर्छ समय घर्कदा जाँदैन त्यो
मेरै लागि प्रहर रुकेछ भन्थ्यो उसले मलाई
मूल पनि सदैब सुकेछ भन्थ्यो उसले मलाई।

-सोमनाथ लुइटेल ” रवि पाल्पाली “

समपञ्चाङ्ग २

देश विकासमा पाइला चुकेछ भन्थ्यो अस्ति अस्ति
आशाको नजर मैति र ढुकेछ भन्थ्यो अस्ति अस्ति
गाह्रो छ भन्न र गर्न सहभागितामा हात सार्न
आम्दानीका मूलहरू सुकेछ भन्थ्यो अस्ति अस्ति
आत्म स्वार्थ पूराका लागि भुकेछ भन्थ्यो अस्ति अस्ति।

राष्ट्रिय वृद्धि विकास त रुकेछ भन्थ्यो अस्ति अस्ति
बाँधी राख्नुपर्ने नियम फुकेछ भन्थ्यो अस्ति अस्ति
आफूले उहीबाटो नअङ्गालेको भए त भन्नु ठिकै
गल्ती सम्हाल्न नसकेर लुकेछ भन्थ्यो अस्ति अस्ति
हार मानेर गुँटभित्र झुकेछ भन्थ्यो अस्ति अस्ति।

-सविता के.सी. काठमाडौं

समपञ्चाङ्ग ३

विशुद्ध न्यायपालिका कतातिर झुकेछ अहिले।
कार्यावन्यन गर्ने कुरा के के मा चुकेछ अहिले।
स्वतन्त्र न्याय दिने ठाउँ धेरै दूषित भए पछि,
जनताको न्यायिक क्षेत्र कता पो लुकेछ अहिले।
न्यायिक क्षेत्र पनि भाग बन्डामा ढुकेछ अहिले।

हामी कहाँ न्याय पालिकाको विश्वास टुटेछ अब।
डलरको खेती तिर न्यायिक क्षेत्र झुकेछ अब।
जनताको विश्वास रहेको अविश्वास भए पछि,
आशा र न्याय पाउने आधार सबै गुमेछ अब।
निर्दोष व्यक्ति नै बिना कारण दोषी हुनेछ अब।

-सुशीला पौडेल , काठमाडौं

समपञ्चाङ्ग ४
१.
काम गर्दा गर्दै राम त्यही चुकेछ रे
माफी मागेर बिचारा त्यही झुकेछ रे
नबिराई ऊ परेछ परिबन्धमा पो
निर्दोष थाहा पाएछी छाती फुकेछ रे
फेरि के भयो खै घरमै पो लुकेछ रे ।
२.

राम्रै गर्लान् नेताले भनेर जनता ढुकेछ रे
गर्नुपर्ने बिकासका कामहरु सबै रुकेछ रे
राम्रालाई छोडेर हाम्रालाई पदमा राखे पछि
अन्यायमा परी जनको रुँदा रुँदैआँसु ,सुकेछ रे
बिकास नगर्ने नेतालाई जनताले थुकेछ रे।

दुर्गा भट्टराई
मोरङ

समपञ्चाङ्ग ५

(१)
जल्नेलाई जल्न दिनुस् केही हुँदैन
छ्ल्नेलाई छ्ल्न दिनुस् केहि हुँदैन
आफू आफ्नो ठाउँमा ठिक हुनुपर्छ
बल्नेलाई बल्न दिनुस् केही हुँदैन
चल्नेलाई चल्न दिनुस् केही हुँदैन ।।
(२)
दु:ख र सुख जीवनको जालझेल हो
यता उता छटपटिने चालखेल हो
पैसा ,पावर नभैकन केही लाग्दैन
सबै कुरा त मान्छेको नै तालमेल हो
दुखि गरिबलाई नै आशुको भेल हो ।।
✍️रिता खराल,रुपन्देही

समपञ्चाङ्ग : ६
——————
बोलेर चुकेछ साथीहरुलाई किन हो ठगेछ ?
आखिर झुकेछ साथीहरुलाई किन हो ठगेछ ?
जिन्दगीका पानाहरू रङ्गहरूले नभर्दै आज,
बेलुन फुकेछ साथीहरुलाई किन हो ठगेछ ?
र आफै लुकेछ साथीहरुलाई किन हो ठगेछ ?

मान्छेले मान्छेलाई थुकेछ खै किन होला जान्नुछ ।
जन्तु झैँ ढोका सामु ढुकेछ खै किन होला जान्नुछ ।
जिन्दगीमा यात्राहरुसँगै खुसीले हिड्दा आखिर,
अचानक यात्रा नै रुकेछ खै किन होला जान्नुछ ।
माया प्रेमको मुल सुकेछ खै किन होला जान्नुछ ।

– आर्त अकुलीन
देवा श्रम, कैलाली

समपञ्चाङ ७

मेरो साथिले कामगर्दा गर्दै चुकेछ भन्ने सुने,
मेरो भयो भने गल्ती भनेर छुकेछ भन्ने सुने ।
गल्तित गरेको थिएन रे किन डरायो कुन्नि त्यो
डराई डराई उ साथिकैमा लुकेछ भन्ने सुने,
निर्दोष भएछ गर्बले छाति फुकेछ भन्ने सुने।

********************

बाढिले हो जनता खान नपाएर ढुकेछ आज,
जता ततैनै बाटा घाटाहरु ठप्प रुकेछ आज।
देस चलाउने चालकहरु अाफ्नै स्वार्थमा लिप्त,
खेत र बारि हेर्दा किसानका अाशु सुकेछ आज,
आश्वसन अाको चुनापको सम्झेर थुकेछ आज

दुर्गा आचार्य
खोटाङ्गेली

समपञ्चाङ्ग ८

श्रृंखला :- ४ पञ्चाङ्ग अभ्यास (१८अक्षर)
(भए/नभएको जानकारी पाउने अपेक्षासहित)

सत्कर्म गर्नलाई किन नेताहरू चुकेछ सधैँ,
कुकर्म कै कारण नेताको शीर झुकेछ सधैँ,
मारेर जाँदा रित्तै हात जानुछ भनि विर्सिएर
भ्रष्टाचार गर्नमा मात्रै धेरै मन फुकेछ सधैँ
अख्तियारले समाए पछि थुनामा लुकेछ सधैँ।
२)
भेला भएर जनता नेतालाई ढुकेछ बाटोमा,
सम्मान पाउने सम्झी नेताहरू रूकेछ बाटोमा,
अन्यायी अत्याचारी भ्रष्टाचारीलाई देखि क्रोधले
अनुहार भरि पालो गरि-गरि थुकेछ बाटोमा,
निलो कालो बनेका नेताको सुकेछ बाटोमा।

अरुण कुमार भुजेल
दार्जिलिङ,भारत।

समपञ्चाङ्ग ९

हरपल गल्ती गर्छ फेरि पनि चुकेछ स्वार्थमा
देश सेवा गर्छु भन्थ्यौ बाटो फेरि लुकेछ स्वार्थमा।
संसद भित्रै कुटपिट ज्यान ‌बचाउन मुस्किल
यस्ता चालक भएर डुब्यो देश झुकेछ स्वार्थमा।
भाडमा जाउन देश जनता उ फुकेछ स्वार्थमा।

राम्रो काम गर्लान भनेर जनता ढुकेछ आज
विकासका कामहरु ठप्प हुदै रुकेछ आज
पदमा लिप्त देश चालकहरु लिए आफ्नै स्वार्थ।
किसानका आँशुहरु रुदाँ रुदै बगेर सुकेछ आज।
जनताहरू थाकिसके नेतालाई थुकेछ आज।

-लक्ष्मी बस्याल बर्दिया

पञ्चाङ १०

रुँदारुँदै आँखामानै आँसु सुकेको छ अचेल
रास्ट्रियता स्वाभिमान पनि झुकेको छअचेल
मानवता भुलेर मान्छे अपराधी काम गर्छन्
संस्कार, संस्कृति,र कर्तव्य लुकेको छ अचेल
आफ्नै छिमेकी सिमाना मिच्न ढुकेको छअचेल ।

-तारा घिमिरे संखुवासभा

समपञ्चाङ्ग ११

यात्रुले धेरै समय गाडि ढुकेछ बिचरा
विचैमा तेल सकिए गाडि सुकेछ बिचरा
मेसिनरि चिज कहिले गड्वड भैहाल्छ ।
कुर्दा दिक्क मानेर नै थुक्क थुकेछ बिचरा
जे हाेस कुनै गाडि बल्ल पाे रुकेछ बिचरा ।

अहिले न्यायालय कहाँ चुकेछ कुन्नि
गल्ति गरेर नैत कहाँ झुकेछ कुन्नि
इतिहास यस्ताे भाकाे देखेकाे थिएन
अहिले राँगाे झै पाे फुक्का फुकेछ कुन्नि ।
समाज दुर्नामि डर्ले नै लुकेछ कुन्नि ।

-मधुसूदन प्रसाद घिमिरे, काठमाडौं

समपञ्चाङ्ग १२

जुटी सारा गाउँले थुकेछ थाहै भएन के गरूँ
ठूलै भाेटे कुकुर भुकेछ थाहै भएन के गरूँ
अन्याय र अत्याचारले सीमा नाघी सक्याे अब त
सत्य भन्ने त कता लुकेछ थाहै भएन के गरूँ?
हाम्री आमाकाे शिर झुकेछ थाहै भएन के गरूँ?

हेर्दा हेर्दै ईमान चुकेछ थाहै भएन के गरूँ?
बग्दै गरेकाे खाेला सुकेछ थाहै भएन के गरूँ?
चारैतिर दुश्मनले घेरा हालेकाे छ आजभाेलि
ढाेकामा ढाडे मुसा ढुकेछ थाहै भएन के गरूँ
देशकाे अग्र गति रुकेछ थाहै भएन के गरूँ ?

चन्द्रावती अधिकारी, बाँके कोहलपुर

समपञ्चाङ्ग १३

१,
अमेरिका गै एम सिसि पास भनी फुकेछन् सबै।
डलरको लोभले गर्दा नेताहरु चुकेछन् सबै।।
वीर गोर्खाली भनिएर चिनिएको नेपाली आज।
एउटी फ्याउरी अाउँदा सरकारै झुकेछन् सबै।।
डाका देश द्रोही हरु भट्टीमा गई लुकेछन् सबै।।
*******
२,
त्यो जङ्गलको झाडी भित्र गुण्डाहरु लुकेछ आज
तेही झाडीमा घाँस काट्न चेलीहरु रुकेछ आज।।
ती गुण्डाले चेली हरुलाई बलात्कार गरि छाडे।
लाचारी सरकार लाई जनताले थुकेछ आज।।
घुडा टेक्ने सरकारको नाक मुख सुकेछ आज।।
*******

लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

पञ्चाङ्ग: १४

थाहा भएन के काम गर्दा कुन कुरामा चुकेछ
जब उस्को गल्ती नै केही छैन तर पनि झुकेछ
जति राम्रो व्यबहार गरे पनि किन देखिदैन
मेरो भने यहाँ अनयासै गर्भले छाती फुकेछ
खै किन भन्छन् जहिल्यै काम बिगारेर लुकेछ ।

चन्द्रकला रिजाल झापा 🙏🙏


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...