(१)
माइती
माया
शितलु
छाया
(२)
कर्तव्य
हाम्रो
गन्तब्य
राम्रो
(३)
दिंदा छ
सुख
उजेली
मुख
(४)
हाँसेर
बोल
हृदय
खोल
(५)
इच्छा छ
जहाँ
उपाय
त्यहाँ
(६)
श्रमको
पुजा
मीठो छ
भुजा
(७)
भित्रै छ
बत्ती
खोज्दैछ
कत्ति
(८)
पवित्र
कर्म
त्यसैमा
धर्म
(९)
बा-आमा
पुज
इश्वर
बुझ
(१०)
वात्सल्य
सुधा
जिन्दगी
सदा
-सविता ढकाल
खोटाङ,नेपाल