Friday 23rd January 2026

गजलकार शर्मिला श्रेष्ठका मन छुने समसामयिक गजल


गजल
***
शव्द वाण नहान मलाइ मुटु दुखेको बेलामा
नसोध भकारीमा कति ? दैवले लुटेको बेलामा।

डुबानले जमरा सरि उम्रिएका खेतभरी अन्न
नकोट्ट्याऊ घाउ चहर्याउँने छ गुमेको बेलामा।

दैव यसरी निर्दयी बन्यो गरीव किसान माथि
केहि गरे बचाउँन सकिएन डुबेको बेलामा।

दु:खीको पीर मर्का कहिल्यै बुझेन सरकारले
कोही मल्हम दिन्छौ कि सरकार सुतेको बेलामा।

बर्षेनी डुबानमा पारी आफ्ना देशका बस्ती,खेत
बाँधको साँचो फुटाउ डुबानले पुरेको बेलामा।

शर्मिला श्रेष्ठ, ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...