Monday 4th May 2026

टहल आचार्यको गजल सङ्ग्रह – २७


गजल
###
पात्तिएर बिष भाङ हरीतालै खाको देख्दा ,
के भन्नू खै तिमीलाई कुख्रे बैँस आको देख्दा ।

रोक्न थेग्न नसकेर काम बासनाको हुरी ,
दाम्लै सम्म चुँडाएर चरनमा गाको देख्दा ।

जो भएनी मतलव नाई दुई खुट्टा उभिएको ,
जुनेलीको छाँयासँग मदहोशी भाको देख्दा ।

हाऊ भाऊ फुर्ती फार्ती खुबै स्याईँ लगाएर ,
रोजीछाडी अरुसँगै नातासाईनो लाको देख्दा ।

ईर्श्या डाहा लागेसँगै लोभी पापी बनाउने ,
काँडाभित्र फूलको त्यो जिन्दगी पाको देख्दा ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...