Tuesday 1st September 2026

म तिम्रो विरोध गर्ने थिइनँ -सत्य राम कासिछ्वा


समान अधिकार
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

योग्यता अनुसारको काम
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

काम अनुसारको ज्याला
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

शिक्षामा जीवन गुजाराको सीप
दिएको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

भारतीय अतिक्रमण
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

वैदेशिक हस्तक्षेप
रोकेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

विकासका पूर्वाधार स्थानान्तरण
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

केन्द्रीकृत शासन विकेन्दि्रत
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

सामाजिक न्याय स्थापना
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

राजनीति दलगत अहम्
त्यागेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ

राष्ट्रिय हित विपरीतको एमसीसी खारेज
गरेको भए सरकार
म तिम्रो विरोध गर्ने थिइनँ


-सत्य राम कासिछ्वा, सूर्यमढी -९, भक्तपुर
9841132643
योग्यता: नेपाली विषयमा शिक्षा शास्त्रबाट स्नातक
पेशा: पुर्व पुस्तकालय कर्मी तथा शिक्षक
हाल: राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै


सम्बन्धित शीर्षकहरु

फुटबलका महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले सोमबार इन्स्टाग्राममार्फत…

रसुवास्थित त्रिशूली नदी किनारका जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका ६ सयभन्दा बढी कामदारको उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङसम्म…

संयुक्त राष्ट्रसंघ (यूएन) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार समुद्रको सतह पहिलेभन्दा धेरै छिटो बढिरहेको छ। समुद्रको पानी तात्नु र हिमनदीहरू…

प्रतिकृयाहरू
...