Friday 23rd January 2026

तस्बिरमा लेखिएका ५४ स्रष्टाका उदकहरू


तीतोपाटी – प्रशिक्षक आर्त अकुलीनद्वारा साप्ताहिक रूपमा हरेक शनिवार उदक अभ्यास संचालन गरि स्वदेश तथा विदेशका साहित्य सर्जकहरू सम्मिलित भइ लेखिएका उदकहरू तीतोपाटी मिडिया प्रा. लि.को अनलाइन पत्रिका तीतोपाटी डट कम मा नियमित रूपमा प्रकाशित गर्ने गरिन्छ ।

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌। -आर्त अकुलीन

उदक अभ्यास : भाग २२
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०६-३० गते शनिवार
सहभागी सङ्ख्या : ५४ जना

 


अभ्यस्त
मनकाे आभाष
सुन्दर जीवन चक्र !
✍️ राेशन पराजुली, धरान

पुष्प
पवित्र प्रसाद
फूल जस्तै जवानी !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

फूल
सफा स्वच्छ
जिन्दगीको पर्याय हो !
✍️ हृदय लेकाली, भैरहवा

पुष्प
शोभनीय चिज
शुभ अशुभमा चढ्ने !
✍️ चक्र शाही, कैलाली

सरस्वतीको
मनपर्ने फूल
सेतो खुल्दछ रङ्ग !
✍️ लक्ष्मी बस्याल, बर्दिया

सेतो
फूलको सुगन्ध
फैलियोस् यो जगतभरि !
✍️ रमेश प्रभात, चितवन

फूल
सबैको प्रिय
खुसी उमङ्गको मूल !
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका-१४, दाङ

चमेली
सुन्दर फूल
जीवनकाे पूर्वार्धको बाेध !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर

फूल
स्वच्छ सुगन्ध
छर्दै मख्ख पार्छ !
✍️ ताेयानाथ सुवेदी, काँडाघारी
१०
बालापनमा
फूलभन्दा सफेद
म छु मनमा !
✍️ दुर्गा भमरकोटे, काठमाडौँ
११
स्निग्ध
स्वेत पत्र
डालीमा फुलेको फूल !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
१२
सरस्वती
श्वेत पुष्प
स्वधामा हुने अपरिहार्य !
✍️ कमला देवकोटा, पाल्पा
१३
फूल
सुवास छर्छ
चारैतिर वातावरण मग्मगाउँछ !
✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश
१४
फूल
सुन्दर जीवन
कर्मले सुवासित भुवन !
✍️ श्रीकृष्ण शर्मा, पोखरा
१५
फूल
सुगन्ध छर्ने
जीवनमा खुशी भर्ने !
✍️ धर्मी शाक्य, बुटवल
१६
फूलकाे
मगमग वासनाले
पाउछ सबैले आनन्द !
✍️ राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’, भक्तपुर
१७
सेतो
सुन्दर फूल
प्रकृतिको उत्कृष्ट सिर्जना !
✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ
१८
झपक्क
शरद सोभा
भर्खरै फुलेका ढकमक !
✍️ होम प्रसाद नेउपाने, धरान, सुनसरी
१९
पुष्प
जीवन जवानी
ओइलिन्छ झर्छ प्राण !
✍️ चक्र आले, कैलाली
२०
फुल
प्राकृतिक सौन्दर्य
धर्तिको सुन्दर उपज !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
२१
चमेली
सुगन्ध कुसुम
माया लाग्ने उधुम !
✍️ आर्त अकुलीन, कैलाली
२२
फूल
शान्तिको प्रतीक
अनन्त जीवनको मूल !
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा, हाल: मलेसिया
२३
सृष्टिमा
चमेली वृष्टिमा
सरस्वतीको आसन कृतिमा !
✍️ भानुराम के.सी., धादिङ
२४
कुसुम
शान्ति सौन्दर्य
शोभा सिर्जन सौम्य !
✍️ कण्ठराज गिरी, टीकापुर
२५
हेरिरहुँझैँ
श्वेत कुसुम
प्राकृतिक मनोरम छटा !
✍️ किशोर खनाल, तानसेन-१,पाल्पा
२६
Tila Lekali
जीवन
फूलझैँ फुल्छ
अनि ओइली झर्छ !
✍️ तिला लेकाली, मोरङ
२७
प्रकृति
आफै सृङ्गारिन्छिन्
फूलहरूको धारण गरी !
✍️ बालकृष्ण खनाल, टीकापुर
२८
मुस्कान
श्वेत कुसुम
सुन्दर शान्त स्निग्ध !
✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ
२९
सुगन्ध
मगमग आहा
फुलोस सवको मनमा !
✍️ कृष्ण जोशी, मेरिल्याण्ड, अमेरिका
३०
सफेद
सबैकाे मन
श्वेत फूलझैँ बन !
✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
३१
चमेली
श्वेत स्वच्छ
शोभा आँगनको बढाउने !
✍️ धनमाया चौधरी, कैलाली
३२
चमेली
शान्तिकाे प्रतीक
सुगन्धित प्रकृतिक वायु !
✍️ बलराज गिरी, कैलाली
३३
चमेली
गाेधूलि साँझमा
मुसुक्क मुस्कुराए बाेटमा !
✍️ श्रद्धा आचार्य, पोखरा
३४
फूल
भमराको स्पर्श
प्राकृतिक सुन्दर वातावरण !
✍️ रामसुन्दर थारु, कैलाली
३५
धर्ती
मुस्कुराउँछ प्रकृति
फूलले मोहित मन !
✍️ पशपती राई, खोटाङ
३६
चमेली
श्वेतत पुष्प
सुन्दर प्राकृतिक रूप !
✍️ सविता के.सी., काठमाडौँ
३७
फूल
सेतो सुन्दर
सुवास जीवन्त रङ्ग !
✍️ पुष्पा सायरा, विराटनगर
३८
फूल
सधैँ फूलिरहोस्
रात दिन एकनास !
✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी
३९
गोधूलि
श्वेत चमेली
चौतर्फी मगमग बासना !
✍️ कविता आचार्य, कैलाली
४०
जाती
मिलेर बसे
सेतो फूल जस्तै !
✍️ महावीर विश्वकर्मा
डोटी, हाल: रामेछाप
४१
फूल
प्राकृतिक सौन्दर्य
स्वच्छ सुन्दर माधुर्य !
✍️ राम न्यौपाने, कैलाली
४२
जुही
श्वेत पुष्प
अनुपम प्राकृतिक रूप !
✍️ दुर्गा भट्टराई, मोरङ
४३
चमेली
फुल्यो बोटमा
मुस्कुराहट खुल्यो ओठमा !
✍️ घनश्याम पौडेल, पोखरा
४४
सुमन
फुलेको ढकमक
सुन्दर मुस्कान लिएर !
✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
४५
चमेली
मीठाे बासना
घरमा राेप्ने चाहना !
✍️ नवराज भट्ट, महेन्द्रनगर
४६
प्रकृति
आनन्दित मन
फूलको भित्रको मुस्कान !
✍️ रघु थापा, भक्तपुर
४७
तिमी
फूल समान
नरम बनाउ मन !
✍️ बिनुबाबा घिमीरे, बल्खु, काठमाडाैँ
४८
भमरा
त्यहाँ भुल्छ
जहाँ फूल फुल्छ !
✍️ विक्रम तिरुवा, जुम्ला
४९
प्रकृति
सुन्दर फूल
जीवनमा भएको अनमोल !
✍️ बासुदेव दनुवार, सिन्धुली
५०
चमेली
छरेर सुगन्ध
सजियो सारा उपवन !
✍️ विजया घिमिरे, जनकपुर
५१
आहा
सुगन्धित बयेली
परिचय फूल चमेली !
✍️ टीकाराम जाेशी, टीकापुर
५२
सुवास
श्वेत पुष्प
चमेली आगनमा ढकमक्क !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
५३
चमेली
आँगनको डिलमा
सदैव फुलीरहने फूल !
✍️ शान्ति नाथ पुरी, कैलाली
५४
प्रकृति
सुन्दर पुष्प
लोभियो मानव मन !
✍️ अञ्जिता राउत
नेचा सल्यान-५, सोलुखुम्बु


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...