Friday 17th July 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७२ औँ काव्य श्रृङ्खला भव्य रुपमा सम्पन्न


तीतोपाटी – चन्द्रागिरि साहित्य प्रतिष्ठानकाे ७२ औँ काव्य श्रृङ्खला गत २०७८ आश्विन २० गते भव्य रुपमा सम्पन्न भएको छ ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षतामा,बरिष्ठ साहित्यकार कलानिधि दाहाल ज्यूकाे प्रमुख आतिथ्यता एबं,गंगा लिगल,ललिता दाेषी,खगेन्द्र बस्याल,निर्मल पराजुली ज्यूकाे विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्काेटा ढकाल ज्यूकाे कुशल उद्घाेषणमा ७२ अाैं विशेष श्रृङ्खला २० जना साहित्यकारकाे सहभागितामा भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शारदा आचार्य,टेक बहादुर लाैडारी,लक्ष्मी प्रसाद मिश्र’ चन्द्रावतीअधिकारी,उर्मिला पन्त,दुर्गा अधिकारी,शुरेश घिमिरे,चन्द्रावती अधिकारी,गंगा अभिलाषी,विनु बाबा घिमिरे,सरस्वती श्रेष्ठ,लगायत साहित्यकारहरूले आ-आफ्ना विशेष रचना वाचन गर्नु भइ सम्पन्न गरिएकाे थियाे ।
प्रमुख अतिथि कलानिधी दाहालले दशैं नयाँ परिवेशबाट मनाउनु पर्छ,नया पनकाे विकाश गर्नु पर्छ भन्नु हुँदै चन्द्रागिरीकाे कार्यक्रम ज्यादै उत्कृष्ठ,बनेकाे बताउनु हुँदै दशैं शुभकामना व्यक्त गर्नु भयाे ।

अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खाेरिया पर्वतककाे रुपमा खाेरियाकाे सैदान्तिक पक्ष ४ लाइनकाे संम्रचना ८/८/८/५ २९ अक्षरमा लेखिने लाेक छन्दकाे चिनारी दिनु हुँदै चन्द्रगिरिले विधागत,विषयगत,र पर्व विशेष गाेष्ठी गर्दै आएकाेमा साहित्यकार ज्यूहरू त्यही अनुरुप रचना लिएर जाेडिनु भएकाेमा खुशी व्यक्त गर्र्दै दशैंकाे शुभकामनाका साथ सम्पूर्ण उपस्थितीमा हार्दिक आभार व्यक्त गर्नु हुँदै समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...