Saturday 20th December 2025

ओमानसँग खेल्दै नेपाल


तितोपाटी- त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो ।

अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

सिरिजअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन । नेपालको तीनवटै खेलमा ब्याटिङ नचल्दा समस्या भएको थियो । यता, नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।
“जित्न त जित्नैपर्छ जसरी पनि । ओमानमा हामी जित्नकै लागि आएका थियौँ । अंक तालिकाको शीर्ष टिमहरूविरुद्ध जित्न सक्यौँ भने यस प्रतियोगितामा पछिलाई पनि सजिलो हुन्थ्यो भन्ने थियो,” नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘हाम्रो प्रशिक्षकको पनि सम्भवतः त्यो अन्तिम खेल हुनेछ । हामी जितेर उहाँलाई राम्रो फेयरवेल दिने विचारमा छौँ ।”
ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १२ खेलबाट २० अंक जोडेको छ । ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाल भने सात खेलबाट ६ अंकसहित छैटौँ स्थानमा छ ।
विश्वकप छनोटको एक रूपमा रहेको डिभिजन–२ टोलीले नौ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...