तीतोपाटी डटकम-कुवेतको फर्वानिया प्रहरी र कुवेत नगरपालिकाका लागि सार्वजनिक प्राधिकरणको टोलीले जिलिब अल शुयोख क्षेत्रमा सन्चालित सडकको फुट्पाथ(अस्थायी बजार)मा खाध्यान्न बेच्ने ४९ जना एशियन आप्रवासीहरुलाई पक्राउ गरेको छ।सेप्टेम्बर ११,२०२१ का दिन उक्त क्षेत्रमा चेक-जाँच गरिएको थियो।
अरबटाइम्समा प्रकाशित समाचारमा जनाइएको छ”श्रम कानूनको उल्लंघन र मानिसहरुको लागी अयोग्य सामान र खाद्य पदार्थ बेचेको अभियोगमा पक्राउ परेका आप्रवासीहरुलाई देश निकाला(डिपोर्ट) गरिने छ । ६० जना भन्दा बढी सुरक्षाकर्मीहरुद्वारा उक्त चेक-जाँच क्याम्पियन गरिएको थियो।
कुवेतमा लाइसेन्स बिना कुनै पनि सामानहरु बेच्न वा ब्यापार-ब्यवसाय गर्न पाईदैन।