Wednesday 15th July 2026

सीता बिष्ट कार्की (सीबिका)का तीज विशेष एक दर्जन षड्ऋतुहरु


१)संझना आउँछ
ती भिरपाखाको
बयली खेलेको
तीजमा बरीलै
नाचेर गाएको
दर नि खाएको ।

२)
आँगन डिलमा
रानीचरी नाची
कम्मरै भाँचेर
मन भित्र साँची
दाजु लिन आए
माइत नि गएँ ।

३)चेलीको वेदना
पोखेर तीजमा
यो मनको बह
नबनाऊँ चेली
त्यो आँसुको दह
दुख पीडा बेली ।

४) अँगाल संस्कार
फ्याक अहंकार
सपना मनको
पार्नुछ साकार
हामी चेली सब
किन ढिला अब ।

५) पतिदेव भनी
व्रत बस्छौ हामी
सम्मान गरेर
उज्यालो छरेर
रही सौम्य शान्त
सम्बन्ध अनन्त ।

६)संझौ हामी सधै
सासू आफ्नै आमा
ससुरा हुन् बाबा
नन्द आफ्नै बैनी
देवर नि भाइ
जेठाजू हो दाइ ।

७)मनाऊ है तीज
खाइ चिजबिज
बाहिर नजाऊ
भित्र नै रमाऊ
यो वर्षको तीज
प्रविधिको बिच

८) चेलीबेटी हामी
रहेछौ है दामी
परिस्थिति बुझ्ने
आँसुमा रुझे नि
मुस्कानले पुज्ने
मन भाव बुझ्ने ।

९)माइत जाने हो
श्रीफूल लाएर
रातो सारी चोली
कस्तो मीठो बोली
कम्मर भाँचेर
गाएर नाचेर ।

१०) तीजको बेलामा
जान्न म मेलामा
दाजु नि आएनन्
मन दुख्यो साह्रै
घर बस्दा गाह्रै
,संझीए आमाबा ।

११)कोरोना हटेसी
माइत आँउला
तीजको भाग नि
राखिदिनु आमा
संम्झी बसी हौली
आँगन कुरेर ।

१२) सस्कृती बचाँउ
तडकभडक
हटाएर हामी
माइती घरको
त्यो स्वच्छ भावना
छ शुभकामना ।

सीता बिष्ट कार्की (सीबिका)
काठमाण्डौ



सम्बन्धित शीर्षकहरु

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

रियाद/साना। यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि बढ्दै गएको छ। पछिल्ला वर्षहरूमा हुथीहरूले साउदी क्षेत्रलाई लक्षित गर्दै ड्रोन…

प्रतिकृयाहरू
...