Wednesday 8th July 2026

बेलायत गैरकानूनी अाप्रवासीलार्इ देश निकाला गर्दै


तितोपाटी – इस्ट लन्डन नजिक एउटा थाइ रेस्टुरेन्टमा साँझ पर्नेबित्तिकै इमिग्रेसन इन्फोर्समेन्ट टिम भ्यानसहित आइपुग्यो । उनीहरूले एउटा पेपरमा कसैको तस्बिर प्रिन्ट गरेर ल्याएका थिए । म्यानेजरलाई यो व्यक्ति यहाँ काम गर्छ भनेर सोधे । तर, अध्यागमन अधिकृतहरूले खोजी गरेको व्यक्ति भेटिएन ।

सम्भवत: कसैको सिकायतमा इमिग्रेसन अफिसर मान्छे खोज्दै पुगेका थिए । केही वर्ष पहिले अंग्रेजी परीक्षा दि टेस्ट अफ इङ्लिस फर इन्टरनेसनल कम्युनिकेसन (टोइक) नक्कली दिएको बहानामा सयौं नेपाली विद्यार्थी समातिए वा नेपाल फर्काइएका थिए ।

हालसम्म बेलायतले गैरकानुनी नेपाली कतिलाई फर्कायो भन्ने तथ्यांक लन्डनस्थित नेपाली दूतावाससँग पनि छैन । तर, नेपालीले झेलेका अध्यागमन मुद्दा भने दूतावास पुगिरहन्छन् । ‘सिरियस केस भए जेल राखेपछि मात्र हामीलाई कागजात माग्न खबर गर्छन् । अवैध भेट्टाए समातेर नेपाल फर्काउँछन्,’ दूतावासका उपनियोग प्रमुख शरदराज आरणले कान्तिपुरसँग भने । आरणले गैरकानुनी आप्रवासीमाथि बेलायत सरकारले कडा निगरानी गरिरहेको बताउँछन् ।

‘कि कानुनी रूपमा बस्न प्रक्रिया बढाउनु नत्र नेपाल फर्कंदा नै भलो हुन्छ,’ आरणको सुझाव छ, ‘लुकेर जति बस्यो उति हानिमात्र हुने हो ।’ हाल बेलायतको अध्यागमन चिनियाँ समुदायको निसानामा उत्रेको छ । लन्डनस्थित चाइना टाउन रेस्टुरेन्टमा बेलायतको गृह मन्त्रालयले अवैध आप्रवासी खोज्ने क्रममा दु:ख दिन थालेको आरोप लगाउँदै चिनियाँ व्यवसायी र कामदारले २ दिनअघि विरोधस्वरूप ५ घण्टा पसल बन्द गरिदिए ।

सरकारी अधिकारी प्राय: बिना पक्राउ पुर्जी आउने र बल प्रयोग गर्ने गरेको उनीहरूको गुनासो छ । लन्डन चाइना टाउन एसोसिएसनले झन्डै हजार रेस्टुरेन्टले प्रदर्शनमा साथ दिएको दाबी गरेको छ । चाइना टाउनमा कति गैरकानुनी आप्रवासी छन्, यकिन तथ्यांक त छैन तर २०१५ मा होम अफिसले चाइनिज रेस्टुरेन्ट र टेक वेमा अवैध कामदार राखेबापत करिब ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

होम अफिस प्रवक्ताले भने व्यावसायिक प्रतिष्ठानमा बिना जानकारी प्रवेश गर्न सक्ने न्यायिक अधिकार सुरक्षित रहेको र उच्च अधिकृतले अनुमति दिए जहाँ पनि छिर्न सकिने भन्दै प्रतिवाद गरेका छन् ।

गत बिहीबार हेन्लीस्थित एसियाना स्पाइस रेस्टुरेन्टबाट अवैध बसेका ६ बंगलादेशी कामदार समातिए । गैरकानुनी कामदार राखे रोजगारदाताले प्रतिव्यक्ति २० हजार पाउण्ड जरिवाना तिर्नुपर्ने छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...