Sunday 3rd August 2025

नेपाल भित्रिने दोब्बर बढे


तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् ।

यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए ।
अगस्टमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै भारतबाट एक हजार ९८५ आएको तथ्याङ्क छ । त्यसपछि संंयुक्त राज्य अमेरिकाबाट एक हजार २४४, बेलायतबाट ४१६ र चीनबाट २५३ जना विदेशी भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन् । जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट संयुक्त रूपमा ७० जना विदेशी नेपाल आएका छन् ।

गोरखापत्रअनलाइनबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...