Monday 27th July 2026

नेपाल भित्रिने दोब्बर बढे


तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् ।

यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल भित्रिएका थिए ।
अगस्टमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै भारतबाट एक हजार ९८५ आएको तथ्याङ्क छ । त्यसपछि संंयुक्त राज्य अमेरिकाबाट एक हजार २४४, बेलायतबाट ४१६ र चीनबाट २५३ जना विदेशी भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार अगस्टमा विभिन्न ३३ वटा देशबाट विदेशी नेपाल आएका छन् । जसमध्ये सार्क क्षेत्रका पाँच देशबाट दुई हजार १९२, सार्कबाहेक अन्य आठवटा एसियाली देशबाट ४२३, युरोपबाट एक हजार १५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट संयुक्त रूपमा ७० जना विदेशी नेपाल आएका छन् ।

गोरखापत्रअनलाइनबाट


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...