Thursday 18th June 2026

दिप्त बस्नेतको कविताः ” देश भित्र नारी”


कति हुन्छ सहनशीलता नारी भित्र हेर ।
बढ्यो देशमा बलात्कार संविधान खै र ।।

अपराधीलाई कानुन कहाँ छ र सरकार ।
हत्यारा बलात्कारी सधैं हुन थाले फरार।

बहिनीलाई आफ्नै दाइको हुन थाल्यो डर ।
भन सरकार नारी अब कस्को गर्छिन भर ।

आँखा भरी आँशु झर्यो हेर त्यो नारीको
हुनु पर्छ अन्तिम संस्कार त्यो बलात्कारीको ।

लेखिएको संविधान भन कहिले लागु हुन्छ ।
बलात्कृत भएका दिदीबहिनीको न्याय कसले सुन्छ ।

 

-दिप्त बस्नेत, कालिञ्चोक गाउँपालिका, दोलखा
हालः सिड्नी अस्ट्रेलिया ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...