Monday 22nd December 2025

चार नारी स्रष्टाका खोरियाहरू


🌹खोरिया🌹

मुरली बज्यो सुनियो
कृष्ण कालेको लिला हो
बृन्दावनको माझमा
राधा साथमा

कृष्ण कालै मथुरामा
राधा रुन्छिन् गोकुलमा
संझी वंशीधरलाइ
श्री मानलाइ

हातमा लियौ बासुरी
काखमा राखि गोपिनी
प्रेम संसार भुलायौ
धुन सुनायौ

शोभा कडरिया कोइराला
माथागढी रुप्से पाल्पा

५ पाँच खोरिया
उर्मिला पन्त
खोरिया :१.
कारागारमा कंसको
भयो जन्म श्रीकृष्णको
झलमल्ल भो उज्यालो
कोठा जेलको
खोरिया : २.
औँसीको कालो रातमा
जन्मे कृष्ण त्यै रातमा
कृष्ण पक्षको औँसीमा
आधा रातमा
खोरिया : ३.
देवकी र नन्दबाबा
भए कृष्णका आमा बा
सबैको उद्धार गर्न
जन्मे किशन

उर्मिला पन्त पाण्डेय*
ज्ञानेशिवर , काठमाण्डौँ

कंशको गर्न संहार
प्रेमले भर्न संसार
जन्मियौ मध्य रातमा
शक्ति साथमा।

बाॅसुरी धून खुलेको
कृष्णजी झूला झुलेको
राधिका मग्न धूनैमा
वृन्दावनैमा ।

कृष्णजी हुन् महारथी
अर्जुन रथ सारथी
पाण्डव जीत दिलाए
सब मिलाए।

सरस्वती श्रेष्ठ, रपन्देही

खोरिया कृष्ण आस्टमी

१.मनाई कृष्ण अस्टमी
बसौला व्रत मौसमी
लिएर राधा कृष्णको
नाम सम्झेको

२. राधा कृष्ण प्रेमलाई
भक्ती गर्छन चिनाइ
व्रत कृष्ण अस्टमिको
नारी पर्बको

३. महिमा राधा कृष्णको
गोपि नि ग्वाला प्रेमको
मध्य रातमा जन्मेर
नदि तरेर

यशु गिरी, चांगुनारायण


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...