Thursday 18th June 2026

राष्ट्रव्यापी शीत तिज गीत प्रतियोगिताको नतिजा घोषणा


तीतोपाटी – शीत काव्य समाज नेपाल र सुख शान्ति टेलिभिजनद्वारा आयोजित शीत तीज गीत प्रतियोगिताको अन्तिम चरणको नतिजा सार्वजनिक भएको छ । विभिन्न चरणमा गरी नेपाल तथा भारतका विभिन्न शीत सर्जकहरूले सामाजिक सन्जाल मार्फत भाग लिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट दस जना भित्रबाट सर्वोकृष्ट पाँच जनाको छनौट गरिएको हो जस्मा अम्बिका आचार्य ( पाल्पा) प्रथम भएकी छन्। यसैगरी क्रमश दिला शाह ( नेपालगन्ज ) र गीता भट्टराई ( स्याङ्जा ) द्वितीय र तृतीय भएका छन् । सुरेशचन्द घिमिरे ( लमजुङ ) र हिरनमयी शर्मा ( असम, भारत) ले चौथो र पाँचौ स्थान सहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

हिन्दूहरूको महान चाड तिजको पूर्व सन्ध्यामा शीत काव्य समाज नेपालले राष्ट्रव्यापी रूपमा शीत तिज गीत प्रतियोगिता आयोजना गरेको हो । सामाजिक सन्जाल मार्फत खुला रूपमा आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा शीत काव्य समाज नेपालका राष्ट्रिय सल्लाहकार डा. शैलेन्दु प्रकाश नेपाल, शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहित्यकार सीता बिष्ट कार्की सीबिका र शीत ईश्वर कृष्ण के.सी. रहनु भएको थियो । शीत सर्जकहरूले शीत तिज गीतको भिडियो बनाएर पठाएको भिडियो क्लिपहरू सुखशान्ति टेलिभिजन काठमाडौंले प्रसारण गरेको छ ।

पुरस्कार बितरण कार्यक्रम आधुनिक साहित्य परिषदको चौथो बार्षिक दिवस ( २०७८मंसिर १,२,३)को अवसरमा काठमाडौंमा आयोजना गरिनेछ । प्रथम ,द्वितीय , तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विजयीहरूलाई क्रमश रू. ३ हजार , रू . २ हजार ,रू . १ हजार ५ सय र रू. १ हजार बराबरको साहित्यका कृतिहरू पुरस्कार, उपहार र सम्मान पत्रद्वारा प्रदान गरिनेछ भनी शीत काव्य समाज नेपालका सचिव दामोदर ढकाल दीपकले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...