“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार”
पञ्चाङ्ग १
देशमा शान्ति नै छैन ज्ञान देउ कृष्ण
नेताको बुद्धिमा तिर हान देउ कृष्ण
नारायणी अस्त्र शस्त्रले सजिएकोछौ
कुकर्मिहरुलाई सदैव बान देउ कृष्ण
नेता सुधार्ने एक जवान देउ कृष्ण
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पन्चाङ्ग २
कृष्ण लिला गाएर त सकिँदैन कहिल्यै
अमृत थाेपा खाएर मक्किदैन कहिल्यै
सत्यकाे जित गराउन महाभारत भाे
सप्ताह यज्ञ लाएर फक्किदैन कहिल्यै
कृष्ण भजन पाएर वक्किदैन कहिल्यै ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ३
१
कृष्ण तिमी कहाँ बस्छाै केही थाह छैन।
याे धर्तीमा बस्न मेराे अब चाह छैन।
जस्ले जे जे गरे पनि तिम्रै भर परी।
बसेकाे छु कसैसँग मेराे डाह छैन।
अचानक तिमी भेटे टाँस्ने लाह छैन।
२
गाेपिनीका साथ कृष्ण कता डुल्दै बस्याै।
अाफ्नी प्यारी राधालाई किन भुल्दै बस्याै।
कैले कता कैले कता लीला गर्दा गर्दै।
नशालु भै अन्तर्अात्मा भित्र खुल्दै बस्याै।
किन सामु नअाएर अन्त झुल्दै बस्याै।
३
कृष्ण तिमी ग्वाला साथी बटुलेर लान्छाै।
दही दूध नाैनी चाेर्दै कतिखेर लान्छाै।
थाहा हुन्न थरीथरी रूप लिन्छाै तिमी।
कंस जस्ता दुष्ट भेटे भकुरेर लान्छाै।
कसैलाई थाहै हुन्न अँचेटेर लान्छाै।
४
धेरै नै लीला गरेका थियाै द्वापर युगमा।
दुर्भाव जति अाफैँले पियाै द्वापर युगमा।
भनेर शास्त्र पुराण भित्र यै कुरा देखिन्छ।
हे कृष्ण धेरै रूप नि लियाै द्वापर युगमा।
गीतामा राम्राे सन्देश दियाै द्वापर युगमा।
५
हे कृष्ण कृष्ण कहाँ छाै तिमी म भेट्न आउँछु।
ती तिम्रा लीला पिएर तिर्खा म मेट्न आउँछु।
संसार भित्र ऐश्वर्य भाेग भाेगेर बसियाे।
दुर्भाव मन्मा जे जे छ सबै म रेट्न आउँछु।
बस्दिन अब काममा छिटै म लेट्न आउँछु।
ताेयानाथ सुवेदी
पञ्चाङ्ग ३
समय, समयलाई चिन्न सकेन
मुक्तिको खोजि,आत्मा हिड्न सकेन
खै त प्रेमलीला देखाएको कृष्णे,
मायालु माया सँग मिल्न सकेन
खाली हातले कमल् टिप्न सकेन।।
टिकाराम न्यौपाने प्रतीक, चितवन
पञ्चाङ्ग, ५
*****
आउन कृष्ण बाँसुरी बजाउँदै आउ।
ती सोह्र सय गोपिनि नचाउँदै आउ।।
बिन्द्रा बनको सेरोफेरो हो सबै तिम्रै।
गाई बाछा जङ्गलमा चराउँदै आउ।।
बाँसुरी को धुन सङ्गै रमाउँदै आउ।।
******
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
✍️पञ्चाङ्ग✍️ ६
••••••••••••••
जता बजोस बाँसुरी बजाउने त हुन कृष्ण जी!
जति सुन्यो तृष्णा नमेटिने मीठो छ धुन कृष्ण जी!
मथुरा हाँस्यो गोकुल नाँच्यो ध्येय कंस बध गर्नु
आएका अन्याय मारेर न्याय जन्माउन कृष्ण जी!
आजै जन्म भो सत्कर्म ज्ञान सिकाउन कृष्ण जी!
रवीन्द्रनाथ पोखरेल
देबचुली नपा३,
नवलपरासी