Saturday 8th February 2025

सारथि साहित्य परिवारका संयुक्त मुक्तकहरू


१.
अहिलेको तिज माइतीकै आसपास मनाउने चाहना ।
साथीसंगीहरुसँग भई बिन्दास मनाउने चाहना ।
बाढी पहिरो कोरोनाले छेक्न सक्दैन हामीलाई
आमा भाउजुको साथमै बसि खास मनाउने चाहना।
२.
फक्रिएको सुगन्धित फूल थिएँ मात देखायौ ।
चुस्यौं भमराले झैं टन्न अनि लात देखायौ ।
कमि महशुस त केही थिएन हाम्रो मायामा
साथ दिने बाचा तोडी आफ्नो औकात देखायौ।

शोभा कडरिया कोइराला, पाल्पा

मुक्तक


माइती जाने ठूलो आस हुन्छ चेलीलाई ।
मीठो खाने मन एक गाँस हुन्छ चेलीलाई ।
सोचेजस्तो कहाँ हुन्छ र ?स्वर्ग सबै घरमा
पलपलमा जिउँदो लाश हुन्छ चेलीलाई।

२.
दु:खै दु:खको खात रहेछ जिन्दगी ।
घात अनि प्रतिघात रहेछ जिन्दगी ।
ग्रह दशा घुमिरहने मनुष्यका
अढैया साढे सात रहेछ जिन्दगी।

शोभा खनाल कोइराला, नवलपुर

मुक्तक
बोलाउँछ्की भाइले तीजमा आसमा बसेकी छु ।
साथीसंगी दिदीबहिनीको अत्यासमा बसेकी छु ।
जबदेखि माइतीघरको संघार नाघी आएँमैले
आँसु पिँउदै धानेको मुठी सासमा बसेकी छु।

छोरी चेली माइतीघरमा न अटाउने जात कस्तो ।
चलनचल्ती संस्कारले गरेको छ घात कस्तो ।
न रूँदा जान्छ न धुँदा जान्छ यो मनको व्यथा
कस्लाई सुँनाऊ गुम्सिएको बेदनाको खात कस्तो।

✍️निमा पौडेल तिवारी-नवलपुर

मुक्तक

देखेपछि पुनःमनमा आस लाग्याे के गरु ।
टाढा तिमी मेरै आसपास लाग्याे के गरु ।
छाेड्ने बेला भने पनि बिर्सिनु है बिगत
याे दुनिामा तिमी नै खास लाग्याे के गरु ।

निकै आत्मिय आउदासात देखायाे साथीले ।
ला,भरी छ भनी खाली हात देखायाे साथीले ।
अहाे!फेरिएछ साथी साेचेर पसियाे भट्टीमा
पैसा तिर्ने बेलामा आैकात देखायाे साथीले।

काेपिला शर्मा , धनगढी

मुक्तक

चल्छ मात्रै मेरो मुटु फेर्ने सास तिमी हौ झैँ लाग्छ ।
मेरो प्राप्ति मेरो पुकार,आभास तिमी हौ झैँ लाग्छ ।
तिमी बिना जिउन सक्छु होला ?यो असम्भव पक्कै
उड्ने म हुँ पंख फिँजाई आकाश तिमी हौ झै लाग्छ।

आमा बल्ल त मेरो जीवन सुरुवात भएको छ ।
सुखी,धनी , वर खोज्नाले ठूलो घात भएको छ ।
नोकर सरि व्यबहार लक्ष्मी बनाई राख्छु भन्नेको
फूल जस्तो मेरो जोवान औँसीको रात भएको छ।

✍️शर्मिला सापकोटा-नवलपुर


आजभोलि आनी बानी उनको खास लाग्छ ।
बाँकी जिन्दगी जिउने उनको आस लाग्छ ।
आधुनिक जमाना मोबाइल फोन चलाउँदा
विश्वास भन्दा अलि अलि शंका त्रास लाग्छ।

ढिकि जातो उठेर गरेको आधा रातको याद आयो ।
धानको घानमा ढिकिले कुटेको हातको याद आयो ।
भालेकाे डाकमा घर धन्दा र पधेराको पानी ल्याउदा
बुहारीलाई दिने पिठो कनिकाको भातको याद आयो।

✍️तारा घिमिरे-संखुवासभा

 

राख्दा पनि यति सम्म झुकाव मिलाउन सकिएन ।
भइरहन्छ बेला बेला मन मुटाव मिलाउन सकिएन ।
जिन्दगीका कैयौं परीक्षामा सफल भइ रहेकै थिए
तर यो पिरतीको हिसाब किताब मिलाउन सकिएन ।

कल्पना भुषाल, स्याङ्जा

सारथि मुक्तक अभ्यास
१.
यो जीवनमा कोही कसैको आस रहुन्जेल ।
धकधक धड्किने मुटु मेरो पास रहुन्जेल ।
तिमीले आफूलाई एक्लो कहिल्यै नसम्झनु
हाम्रो सम्बन्ध छुट्दैन दुई मुठी सास रहुन्जेल।
२.
मलाई किनकिन दिन भन्दा रात प्यारो लाग्छ ।
अलिअलि लजाउँदाका बात प्यारो लाग्छ ।
कहाँ पाइन्छ बिहे पछि यस्तो मज्जा लुकिलुकी
के गरौँ त ससुरा बा छोरीका हात प्यारो लाग्छ।

कवि काफ्ले✍️

मुक्तक

भन्न खोजेको नसोच्नु कदापि जात मिल्दैन ।
घमण्ड गर्ने कसैसँग मेरो बात मिल्दैन ।
यसर्थ तिमीसँग सम्बन्ध जोड्न नचाहेको हूँ
तिमी धनी छौ!म गरीब हाम्रो औकात मिल्दैन।

भावीले लेख्ने यो भाग्यपनि एकनास नपाएर ।
बाध्यता छ सडकमै सुत्नुपर्छ बास नपाएर ।
कसैलाई हरदिन चौरासी व्यञ्जन खान पुग्छ
कोही भोकभोकै मर्नुपर्छ एक गास नपाएर।

✍️हिमाल सापकोटा, बाग्लुङ

मुक्तक

आउ ए हुरी बतास उडाइदेउ ।
नछोडी केहि आसपास उडाइदेउ ।
धनीहरुको पो गतिलो हुन्छ जग
गरिबको केही हुन्न खास उडाइदेउ।

कति गर्छौ हो देशलाई घात नेता ज्यू ।
बानी नै होला तिम्रो जन्मजात नेता ज्यू ।
दुईचार वाक्य सत्य बोल्दा के बिग्रन्छ र
नदेखाउ घरीघरी आफ्नो औकात नेता ज्यू।

✍️बासु सापकोटा, दोलखा

पुर्खा देखि चलेको चलन यस्तै भयो ।
यो साल परदेशिको मन यस्तै भयो ।
अबत घर फर्किने खुसी साट्ने मन थ्यो
समयले जुराएन रक्षा बन्धन यस्तै भयो।

✍️सिताराम खड्का, रामेछाप

मुक्तक

सात समुन्द्र तरेर आउने बनायौ ।
प्रेमको सुन्दर गित गाउने बनायौ ।
नास्तिक थिएँ नास्तिक बन्छु सोचेथें
साँझ बिहान मन्दिर धाउने बनायौ।

तिम्रो माया सजाएर मुटुभरी राख्नेछु ।
एकबार मात्रै हैन बरोबरी राख्नेछु ।
तिम्रो झैं पत्थरको मन खै कहाँ होला
टुटेपनि सम्बन्ध माया गरि राख्नेछु।

✍️रुकेस रुस, दोलखा

मुक्तक

धड्कनमा बसि प्रेमगीत गाउने उनी नै हुन् ।
आशाका यी किरणहरु जगाउने उनी नै हुन् ।
यत्रतत्र छरपस्ट हुँदा खुसीका रेखाहरु
मलाई जिन्दगीको अर्थ बुझाउने उनी नै हुन्।

बोल्दै जाँदा थाहै नपाई सुस्तरी पसिन् ।
उराठ यो जिन्दगीमा एउटि परी पसिन्।
न निकाल्छु बाहिर न छेद छ छातीमा
मेरी उनी यो दिलभित्र कसरी पसिन्।

✍️रमेश न्यौपाने राधाकृष्ण, दोलखा


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...