पञाङ्ग १
वर्षे झरीको खहरे सुकेर जान्छन्
दुखारीको दु:ख त्यसै लुकेर जान्छन्
कहिले काहिँ थाक्नेछन भन्नेहरु
पर्खी पर्खी धेरै बेर ढुकेर जान्छन्
आफै बलियो भएसी झुकेर जान्छन् ।
पञ्चाङ्ग २
आँखाबाट आँसु त नझार्नु कहिले ।
मनको इच्छाहरु नमार्नु कहिले ।
समय एक चक्र हो फेरिन्छ सधैं ,
आफुलाई दु:खमा नपार्नु कहिले।
दिलको कुरा अन्त नसार्नु कहिले ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली”
✍️पञ्चाङ्ग✍️
••••••••••••••••
मनमा आयो त आयो नत्र बल गर्न नहुने!
मलिलो माटो भनी हकुवा बिउ छर्न नहुने!
ज्ञान र साधना बिनाको कर्म बालुवाको पानी
आँफु हेरि बसेर अरुको भर पर्न नहुने!
अध्ययन चिन्तन छैन ईर्ष्याले मर्न नहुने!
रवीन्द्रनाथ पोखरेल, देबचुली नपा-३, नवलपरासी
पन्चाङ्ग
तिमी मेराे फूल हाै म तिम्राे माली हुँ
सपार या विगार म तिम्राे बालि हुँ ।
हामी प्रेमि प्रेमिका बिचकाे प्रेमले ।
उदाहरणिय बन्ने तिम्राे फालि हुँ।
तिमीले सजाउ न म तिम्राे डाली हुँ ।
पन्चाङ्ग
पहिला पढेकाे मान्छेकाे कदर थियाे रे ।
अहिले फरिया नातामा कदर दियाे रे
समय बलवान हुन्छ पार्टिमा लाग्नेकाे
किनेर पनि त प्रमाण कदर लियाे रे
फुटेकाे पार्टि नि सियाेले कदर सियाे रे ।
– मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग
जीवन सजिलै चलेको छ,तिमी भन्छ्यौ मुस्किल छ
फूल छैन बाटोमा काँडा छ, पैताला भरि खिल छ
समय न हो, यति धेरै पनि हताश नहुनु क्या,
म छु, परिवार छ, यति मिठो माया गर्ने दिल छ।।
सम्हाल्दै जाउँला हरेक पाइलो सहनशील छ।।
✍️टिकाराम न्यौपाने ‘प्रतीक’, चितवन
पञ्चाङ्ग,
****
जाँदैछु त धेरै टाढा म फर्की आउँदिन पनि।
तिमी जस्ती बैगुनी सङ्ग मायाँ लाउँदिन पनि।।
एकोहोरो मायाँ गर्दा मन नरमाईलो भयो।
अब त कहिले तिम्रो गित म गाउँदिन पनि।।
तिमीलाई सम्झी साएद म रमाउँदिन पनि।।
******
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग १
चोखो मायामा पनि व्यापार हुँदो रहेछ।
यही मायामा त जीत हार हुँदो रहेछ।
बधाई दिए उनलाई म सुखको लागि,
उनलाई दुःख अतिचार हुँदो रहेछ।
सम्झी सम्झी पीडा बारम्बार हुँदो रहेछ।
पञ्चाङ्ग २
मनको पीडा घटाउने कोसिस गरेकी छु।
मायाको दूरी बढाउने कोसिस गरेकी छु।
जिन्दगीलाई अघि लैजानको लागि म,
हातमा हात उठाउने कोसिस गरेकी छु।
सेवा भावमा लगाउने कोसिस गरेकी छु।
पञ्चाङ्ग ३
प्रेम अन्धो हुन्छ भन्थे हो रहेछ क्यारे
चुस्स दिल छुन्छ भन्थे हो रहेछ क्यारे
बुझी नसक्नुको यो अन्धो चीज के गरौं,
टाढा हुँदा रुन्छ भन्थे हो रहेछ क्यारे।
मन् ले ताना बुन्छ भन्थे हो रहेछ क्यारे।
-सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग
छोरी पनि सन्तान हुन् अंश माग्छन्
घरमा छोरा चाहिने वंश माग्छन्
दिन चल्छ रात चल्छ बित्छ पल
आफ्नै सन्तान मार्न कंस माग्छन्
परिवर्तन नाममा ध्वंस माग्छन् ॥
सविता के.सी. , काठमाडौं
पञ्चाङ्ग
आउनुस् आज एउटा सम्झौता सँगै प्रण गरौँ
प्रेमले बाँचौँ हासौँ र दुनियाँलाई आकर्षण गरौँ
केही समयकालागिमात्र हो जीवन रङ्गमञ्च
स्नेहका बेर्ना रोपौँ सद्भाव छरौँ र संरक्षण गरौँ
जनोत्थान गरौँ मिल्ने खुसी सहर्ष ग्रहण गरौं
-सृजना सरोवर उदयपुर
पञ्चाङ्ग
नझार्नु रे अाँसु भन्छन् झर्छ अाफैँ म के गराैँ
भनभरिका इच्छाहरु मर्छ अाफैँ म के गराैँ।
जन्मदेखि मृत्युसम्म पलाउँदै झर्छ जीवन,
कयाैँ पटक भँड्खालाेमा पर्छ अाफैँ म के गराैँ,
फेरिरन्छ दिल छिन्मै सर्छ अाफैँ म के गराै?
-चन्द्रावती अधिकारी ,कोहलपुर बाँके
पञ्चाङ्ग
जिन्दगीको यो गोरेटोमा ढल्न बाँकी छ
यो जुनिको अन्तिम यात्रा चल्न बाँकी छ
म जलिरहे बाँचुन्जेल तिम्रै यादमा
थाकेर माटाे झै अब म गल्न बाँकी छ ।
मेरो देह नै चितामाथी जल्न बाँकी छ ।
दुर्गा भट्टराई, मोरङ
पञ्चाङ्ग १
किन नाश गर्यौ प्रभु ! डुबाएर देश।
आफ्नै सन्तान बिचल्ली धुवाएर देश।
सृष्टि गरि नाश गर्ने कस्तो तिम्रो निति ?
बाढी पहिरो ल्याएर चुवाएर देश।
सडक छाप बनाइ रुवाएर देश।
पञ्चाङ्ग २
हाल नसोध्नुस् मेरो दिलमा आगो बलेको छ
हिजो दियौ चोटहरू आज मुटु गलेको छ।
खाटा बसेको घाउ उप्काउन तिमी नआउ
खुसी छु यसै बरु तिम्रो दमन खलेको छ।
तिमि देखि स्वतन्त्र छु आज दुख टलेको छ
पञ्चाङ्ग ३
आज भोलि जुर्मुराउँदै पार्टी नारा लाउछन्।
आफ्नै पार्टीमा आउन दबाब सारा लाउछन्
कुन पार्टी ले के नै गर्यौ देश लुटेराहरु
ऋणमाथि ऋण बोकाइ नेता भारा लाउछन्
सोझासिधा जनतामाथि झुटो पारा लाउछन्
पञ्चाङ्ग ४
दुख्दा पनि हाँस्ने गर्थिन् देख्लान भनि अरु।
पिडा एक्लै खेप्ने गर्थिन् हेप्लान भनि अरु।
सुख देख्दा नसहने दुखमा पनि हेप्ने
लौन कस्तो समाज छ ? छेप्लान भनि अरु।
संकुचित सधै हुन्छिन् भेट्लान भनि अरु।
पञ्चाङ्ग ५
मार्ने लुट्ने दमन गर्ने गर्छन् शक्तिशाली।
निरिहका जिवन चुट्ने पर्छन् शक्तिशाली।
नियम कानून पनि गरिबलाई लाग्छ
जथाभावी फोहोरी खेल भर्छन् शक्तिशाली।
कुकर्म मा रमाइ खेलि मर्छन् शक्तिशाली।
पञ्चाङ ६
तिमिलाई दुख पर्दा पनि काध दिन सकिन।
बाहिर रामजी जप्यौ तर हात लिन सकिन।
बाढीले बगाउँदा बचाउ बचाउ भन्दै थियौ
आफ्नै प्राण प्यारो लाग्यो बचाउन छिन सकिन।
लाचारी छु उद्धार गरि ल्याउन किन सकिन
पञ्चाङ्ग ७
इमान जमान सधै राख्ने राम्रो त्यो कुलभयो
बेइमानीमा हिड्ने व्यक्ति उस्को ठूलो भूल भयो।
गरौ न सहि सत्य काम केही जान्न चिहानमा
किन फेरि लोभ गर्छौ लोभ गर्नु नै धुल भयो
निष्ठापूर्वक जिबन बितोस् नगर्नु सुल भयो।
-लक्ष्मी बस्याल बर्दिया