Sunday 20th September 2026

तीन स्रष्टाका षड्ऋतुहरू


✍️
पर्दो छ यो पानी
साँझ होस् बिहानी ।
डुबे सारा बस्ती
कस्ले गर्छ गस्ती ।
आकाश भो धुम्म
अझै कैले सम्म ??
✍️
डरेको छ मन
गलेको छ तन ।
एकमुठ्ठी सास
कोभिडको त्रास ।
छिट्टै हटी जाओस्
दिगो शान्ति छाओस् ।।

उत्तम विचार
काठमाण्डौ

षड्ऋतु:-

तितो हुन्छ सत्य
गरे काम फत्य
किन मरिहत्य
कुहुँदै छ भित्र
बाहिर बाहिर
मात्र देख्छु सद्दे ।

नेपालका नेता
काला भन्दा सेता
छैन केहि हेक्का
देश लुट्ने ठेक्का
यस्तै भयो भने
देश डुब्ने पक्का ।

कृष्ण के.सी.
गोंगबुँ, काठमाडौ।

षड्ऋतुहरु

छम छम नच्यौ
कम्बर नी भाच्यौ
कती राम्रो नाँच
छ है हाम्रो साथ
हामी हेर्छौ हैं त
अझै धेरै नाँच

घनघनी गीत
लोक धुन भाका
सबैले भने हेर
कती राम्रो आहा
तीज रमझम
आयो अब लाग्छ।

नारी पर्व तीज
गर्नु पर्छ गर्व
सबैले तीजको
बुझ्नु पर्याे मर्म
निरंतर छ है
परम्परा पर्व।

नारायण कोइराला
तानसेन पाल्पा
हाल : यूएई।


सम्बन्धित शीर्षकहरु

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार…

प्रतिकृयाहरू
...