४ षडऋतु काव्य ( राम्राे देश )
———————-
छ देश याे राम्राे
मातृभूमि हाम्राे
यही जन्मेका हाैं
गराै काम यहीं
जुटे सबै हात
बन्छ स्वर्ग यही ।
नेपाली हाैं हामी
शान मान ठूलाे
बसी सबै यहीं
गराैं काम ठूलाे
बनेमा याे देश
सुख शान्ति यहीं।
पढी लेखी मान्छे
ज्ञानी गुणी बन्छ
सबैलाई बाँच्न
दिनुपर्छ भन्छ
तर किन मान्छे
स्वार्थी भई दिन्छ ।
अाफ्नाे मात्र स्वार्थ
हेरि बसि दिन्छ
भाेका मान्छे देखे
अाँखा चिम्लि दिन्छ
धनि छन् मान्छे
देशै गरिव भाे ।
दुर्गा पाैड्याल
तिनपा ३ शंकरनगर
२०७८/५/१२
षडऋतु : १.
भदौरे झरीले
बगायो पानीले
गाउँको घरको
भुसुक्कै सबैको
गाँस बास बग्यो
रुवाएर लग्यो
षडऋतु : २.
तिजको रहर
बढीको कहर
बढिरै’छ खोला
के चैँ गर्ने होला
कोरोनाको डर
कस्को भर छ र ?
षडऋतु : ३.
घाम छायाँ पानी
आउनी र जानी
वाक्क दिक्क लाग्ने
रुनै मन लाग्ने
चाड पर्व पनि
निरासिलो छ नि
षडऋतु : ४.
वितिरा’छ दिन
एक दुई तीन
गन्दै दिन रात
परिवार साथ
कोरोनाको मात
पार्दैछ आघात
षडऋतु : ५.
जनै पुर्णे आयो
डोरो बाँधी गयो
गाईजात्रा आयो
मान्छेजात्रा भयो
आउने जाने यो
क्रम जारी भयो
षडऋतु : ६.
कृष्णजीको जन्म
कृष्ण अष्टमीमा
कृष्णको न्वारान
तीजको दिनमा
न्वारानको दिन
व्रत बस्ने किन ?
-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ
पैलेको बटौली
अब बुटवल
बिकास संगै त
बनेछ सहर
घुमाउन कान्छी
ल्याउंछ हजार
बटौली बजार
सपना हजार
ढाकर बोकेर
आउंथ्यो ढाकरे
अब त सपना
भएर गैगयो
झिलिमिली बत्ती
बलेको देखेर
मनमा तर्कना
आउँदछ हेर
म त कहाँ आएं?
कुन ठाँउ आए ?
धर्मी शाक्य
बुटवल
शिद्धबाबा बाटो
पाल्पाको पानी
कति सम्म होला
दुख मात्र हुने
यता उता हिड्दा
मर्न लाग्छ डर
बाध्यता ले सबै
नहिडेर नि हुन्न
हिड्दा हिड्दै कति
ढुङ्गा झर्ने गर्छ
त्यै ढुंगामा परि
बर्षै पिच्छे मर्छ
धारा छन् सब्का
पानि त आउन्न
हप्ताभरीकामा
एक घन्टा आए
दङ्ग पर्छौ सबै
तानसेन बासी
ज्ञानि सधै चुप्प
कोहि छैन यहाँ
राम्रो काम गरो
पाल्पालिले कस्को
भर होला पर्ने
रमा पन्त
पाल्पा
प्रदेश नबस
फर्क अब त
तिम्रै बाटो हेर्दै
थाकी सके म त ?
लौन प्रिय फर्क
अहिलेको बर्ष
तिमी उतै भुल्ने
चरी बन्मा डुल्ले
घाम जस्तो खुल्ने
धान बाला झुल्ने
मन यसै रुने
कैले भेट हुने
सँगै काम गरौं
सँगै बाँचौ मरौ
तिम्रो माया मेरो
मेरो माया तिम्रो
चोखो माया हाम्रो
सबैभन्दा राम्रो
दिला शाह , नेपालगन्ज 🙏
तराई मा अति
धेरै भयो क्षति
मन काँप्योकति
पिर अन्त भन्दा
हाम्रो सिद्ध बाबा
यो सडक खन्ड ।।
षड्ऋतु सङ्गै
भई आज दङ्गै
नहौ टाढा टाढा
माया मनै भित्र
मेरा प्यारा मित्र
यो माया पबित्र ।।
हजारौं चाहना
अनेकौं वाहना
चन्चल छ मन
नपुगेर धन
रहर छ कति
गरिन्छ भो अति।।
-चन्द्रकला खनाल ( देबी )
रुपन्देही
षड्ऋतु: सानो तीज(अष्टमी)
सानो तीज आयो
मन खुशी भयो
गर्छु जोडी कर
खानु सबै दर
सबै साथी भाई
घरमा रमाइ
नारीहरु साझ
होटल ताज
मनाउने तीज
बिग्रँदै छ रीत
बिकृती सामना
गर्छु म कामना
मह्गो सिंगार
गर्दै छौ बेकार
सबै मिलिजुली
नगरौ है भुली
घर घर रमाऔ
अष्ट्मी मनाऔ
जानकी अधिकारी
पाल्पा तानसेन