Saturday 1st August 2026

फुटबल टोलीको बन्द प्रशिक्षण अब कतारमा हुने


तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी स्वरुप बन्द प्रशिक्षण कतारमा गर्न लागेको एन्फाले जनाएको छ । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी कतार प्रस्थान गर्नेछ । कतारबाटै राष्ट्रिय फुटबल टोली सेप्टेम्बर २७ मा माल्दिभ्सको लागि प्रस्थान गर्नेछ । नेपालले भदौ १७ र भदौ २० मा भारत बिरुद्ध घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्नेछ । सन् २०२२ को विश्वकप छनोट प्रतियोगिता खेलेर कुवेतबाट फर्केपछि राष्ट्रिय टोलिको बन्द प्रशिक्षण काठमाडौंमा सञ्चालन गरिएको थियो । काठमाडौंमा करिब तीन साता प्रशिक्षण सम्पन्न भएपछि टोलि पोखरा पुगेको हो । पोखरामा दुई साताको प्रशिक्षणपछि अब कतार प्रस्थान गर्ने एन्फाले जनाएको छ । गोरखापत्र अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...