Saturday 14th February 2026

सामसुङ नफुट्ने लचिलो डिस्प्ले बनाएर बजारमा अाउँदै


तितोपाटी – सामसुङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ । अब सामसुङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ । वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानलले हरियो झण्डा पाएको छ ।

सामसुङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो । टेस्टिङ कम्पनी OSHA (the Occupational Safety and Health Administration of the U.S. Department of Labor) का अनुसार यी OLED प्यानललाई विद्युतीय उत्पादन जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याब्लेट पिसिमा पनि प्रयोग गरिनेछ ।

सामसुङले आफ्नो नयाँ प्यानललाई फोर्टिफाइड प्लाष्टिक विन्डोले कोट गरेको छ जसका कारण यो फुट्दैन । सामसुङले परिक्षणको क्रममा यसलाई चारदेखि ६ फिटमाथिबाट खसाल्दा पनि नफुटेको दाबी गरेको छ ।

सामसुङ डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, ‘प्लाष्टिक विन्डोको कुरा गर्नुपर्दा यो एक पोर्टेबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ । यो फुट्दैन । यो निकै हल्का र दह्रो हुन्छ । यसले एउटा ग्लासको रुपमा काम गर्छ ।’

अन्डराइटर्स ल्याबोरेटरीजले सामसुङ डिस्प्लेले यूएस डिपार्टमेन्ट अफ डिफेन्सले गरेको परिक्षण पास गरेको छ ।

यसअघि मोटोरोला कम्पनीले पनि आफ्नो स्मार्टफोनमा प्लाष्टिकको प्रयोग गरेको थियो । यद्यपी, मोटोरोलाको ShatterShield ले स्मार्टफोनको डिस्प्लेमा हानी पुर्याएको र ग्लास डिस्प्लेको तुलनामा बढि स्क्र्याच भएको थियो ।

सामसुङको नयाँ स्क्रिनले उसको फोल्डेबल स्मार्टफोनमा निकै काम लाग्ने अनुमान गरिएको छ । सामसुङ डिस्प्लेले foldable OLED display panel बनाउनका लागि कोरियाको आसानमा पाइलट लाइन बनाउने योजना बनाइरहेको छ । त्यसलगत्तै सामसुङले यस्ता प्यानल बनाउने काम सुरु गर्ने बताइएको छ । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म यस्ता १० हजार प्यानल बनाइने र अर्को वर्षसम्म यो आँकडा १ लाखसम्म पुर्याइने जानकारी दिएको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...