Friday 31st July 2026

क्यालिफोर्नियाको अागलागीमा परि ५ जनाको मृत्यु, ४० हजार भन्दा बढि बिस्थापित


तितोपाटी –

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् ।

शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ ।

ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर छ ।

उक्त डढेलोमा बिहिबार दुईजना अग्निनियन्त्रकहरुको ज्यान गएको थियो ।

रेडिंगमा बस्ने शेरी ब्लेडसोलाई उद्धृत गर्दै सार्वजनिक भएको रिपोर्ट अनुसार उनकी सत्तरी वर्षीया हजुरआमा मेलोडी ब्लेडसोसहित पाँच र चार वर्षका एमिली रोबर्टस् र जेम्सको मृत्यु भएको हो ।

 

रेडिंगस्थित घरमा आगो लागेलगत्तै उनका आफन्तले उनीहरुको खोजी गरिरहेका थिए ।

एनबीसीले शेरीलाई उद्धृत गर्दै तीनैजना घरबाट निस्कनै लाग्दा आगोले घेरिएको बताएको छ ।

मेलोडीका श्रीमान् एडले यसअघि आफू किनमेल गर्न गएका बेला कसरी श्रीमतीले डढेलो घर नजिकै आउन लागेको भनि छिट्टै फर्किन भनेका थिए भनी व्याख्या गरेका थिए ।

उनी ‍फर्कँदा घर भत्किए सकेको थियो र त्यहाँ प्रहरीले टेपको घेरा लगाइसकेको थियो ।

 

क्षतीः

नेशनल गार्डसहित हज्जारौं आपतकालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटेका छन् ।

आगलागीका कारण पाँच सयभन्दा बढी घरमा क्षती पुगेको छ ।

अलास्का र टेक्सासबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी आगलागीको खबर सार्वजनिक भएका छन् ।

गत सोमबार एक कारमा आएको खराबीका कारण जंगलमा आगो लाग्न सुरु भएको हो । उक्त डढेलो अहिले १ सय ९४ वर्ग किलोमिटरमा फैलिएको छ जुन सान फ्रान्सिस्को शहरभन्दा ठूलो क्षेत्रफल हो ।

क्यालिफोर्नियाको वन र आगो नियन्त्रण विभागका प्रमुख केन पिमलाटले पत्रकारलाई भने, ‘यहाँ फैलिएको डढेलोलाई बबन्डरको संज्ञा दिन सकिन्छ ।’

उनले शक्तिशाली हावाहुरीका कारण आगो फैलिरहेको जानकारी दिएका छन् । ‘अहिले स्थिती निकै नाजुक छ । हामी सावधान हुन आवश्यक छ । मानिसहरु बाहिर निस्किरहनुपर्छ ।’

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...