Friday 20th March 2026

कुवेतबाट नेपाली श्रमिकको शव नेपाल पठाउन एनआरएनए कुवेतको आर्थिक सहयोग


तीतोपाटी – कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव नेपाल पठाउन एनआरएनए कुवेतले कुवेती दिनार ३८५ केडी आर्थिक सहयोग गरेपछि सम्भव भएको छ । मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वार्ड न. ७ (डङ्ग्राहा टोल) घर भइ विगत ४ वर्ष देखि कुवेतमा कार्यरत द्रोपती चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतले आर्थिक सहयोग गरेको कुरा एनआरएनए कुवेतले एक धन्यवाद वक्तव्य मार्फत जानकारी गराएको छ ।

अध्यक्ष रनध्वोज लामा, उपाध्यक्ष तथा राहत संकलन समितिका संयोजक उमेश पुडासैनी र महासचिव दिल कुमार पाख्रिनद्वारा हस्ताक्षरित धन्यवाद वक्तव्य एनआरएनए कुवेतका प्रवक्ता केशर घलान तामाङले तीतोपाटी डट कमलाइ उपलब्ध गराएका हुन् । एनआरएनए कुवेतले सो सहयोग रकम एनआरएनए कुवेतको कार्यसमिति, सहयोगी संघ संस्था तथा सहयोगी मनका धनी अन्य दानवीर नेपालीहरूबाट संकलन गरि दूतावासलाइ उपलब्ध गराएको हो ।

चाैधरी करीब ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी थिइन। चौधरीले दुइ हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खन्डमा मृतकको शव तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा अलपत्र परेको शव पठाउन गैरआवासीय नेपाली संघ (NRNA) कुवेतले आर्थिक संकलन अभियान सुरु गरेको थियो।

मृतकको शव नेपाल पठाउन लाग्ने आर्थिक सहयोग संकलन सम्पन्न भएको र यस अभियानमा जोडिएका तमाम सहयोगी हातहरुलाइ गैर आवासीय नेपाली संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ। दूतावासले मृतकको शव आज (अगस्ट-२२,२०२१) राती १० बजे नेपाल पठाइने जानकारी दिएको एनआरएनए कुवेतले जनाएको छ ।

एनआरएनए कुवेतले उपलब्ध गराएको सहयोगदाताको नामावली र दूतावासलाइ रकम बुझाएको पत्र जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...