Saturday 11th April 2026

भारतमा बाढीका कारण ६ सय भन्दा बढीको मृत्यु


तितोपाटी – भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ ।

भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।

भारतका टेलिभिजन च्यानलहरुले कारसहितका सवारी साधनहरु सडकमा पानीमा डुबेको दृश्य देखाएका छन् ।

बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घरहरु प्रभावित भएको समाचारमा जनाइएको छ । यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँहरु पनि रहेका छन् ।

सञ्चार माध्यमहरुले बाढी पहिरोबाट सबैभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको जनाएका छन् । त्यस राज्यमा मात्रै १४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ ।

भारत सरकारले बाढी पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडीआरएफ)का ४३ टोली परिचालन गरेको छ । सबै एनडीआरएफमा कम्तीमा ४५ जना रहेका छन् ।

बाढी पहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीवाली र खेतीयोग्य जमिन समेत नष्ट भएको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...