Saturday 11th April 2026

इन्डोनेशियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु


तितोपाटी – इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्।

बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन्। भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो।

अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो। लोम्बोक जिल्लाको पूर्वी भेग सबैभन्दा बढी प्रभावित रहेको थियो जहाँ ८ जनाको मृत्यु भएको इन्डोनेसियाली विपद् पुनरुद्धार संस्थाले जनाएको छ। ठूलै संख्यामा भवनहरुमा क्षति पुगेका कारण मर्नेको संख्या अरु बढ्न सक्ने सो संस्थाले जनाएको छ।

करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो। भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ। स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरु घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो।

इन्डोनेसियाको बालीझैं लोम्बोक पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण सामुद्रिक तट र पहाडले सुपरिचित छ। इन्डोनेसिया भूकम्पीय खतराको सूचीमा रहेको मुलुक हो। डिसेम्बर २००४ मा सुमात्रा आसपास ९.१ म्याग्नीच्यूडको ठूलो भूकम्प गएको थियो। उक्त भूकम्पबाट सिर्जित सुनामीका कारण करिब एक दर्जन मुलुकका २३,००० जनाको ज्यान गएको थियो।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...