Friday 31st July 2026

इजिफ्टमा मुस्लिम ब्रदरहुडका नेता सहित ७५ जनालार्इ मृत्युदण्डको सजायँ


तितोपाटी – इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ। मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो।

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करीब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो।

जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए।

अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...