Monday 15th June 2026

भारतमा बस दुर्घटना हुँदा कम्तीमा ३३ को मृत्यु


तितोपाटी – भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। प्रहरीले दिएको जानकारी अनुसार उक्त बस दापोली कृषि विश्वविद्यालयबाट पिकनिकका लागि महाबलेश्वर जाँदै गर्दा अम्बेनाली घाट नजिकै सडकबाट करीब ५ सय फिट तल खसेको थियो।

प्रहरीले उक्त बसमा ३५ यात्रु सवार भएको हुन सक्ने अनुमान गरेको छ। दुर्घटनाबारे बसबाट हाम फाल्दै ज्यान बचाउन सफल भएका एक व्यक्तिले जानकारी गराएका थिए। बस सडकबाट तल रहेको खोल्सामा खस्दा उद्धारमा समस्या भईरहेको एक प्रहरी अधिकारीले बताए। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...