Friday 24th April 2026

शुल्क तिर्न ढिला गरेको भन्दै प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारैमाथि कुटपिट


युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट

तीतोपाटी डटकम-मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत नवीनकुमार साहका अभिभावकमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल साहले रामकुमारका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । कुटपिटबाट अशोकको टाउकोमा चोट लागेको छ । सरिताको हात भाँचिएको र टाउकोसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको छ । अन्य सामान्य घाइतेको मिर्चैयामै उपचार भइरहेको छ । कुटपिटपछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘युकेजीमा पढ्ने विद्यार्थीका अभिभावकले विद्यालयलाई करिब ५–६ हजार रुपैयाँ तिर्न बाँकी रहेछ,’ डिएसपी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम किन नतिरेको भन्दै प्रिन्सिपल रामकुमार साहले विद्यार्थीका बाबु, आमा र दुई दिदीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रिन्सिपल साह मंगलबार मिर्चैया नगरपालिका– १० मथलेश्वर बजारमा पानपसल सञ्चालन गर्दै आएका अशोकसँग पैसा माग्न उनको पसलमै पुगेका थिए । स्थानीयका अनुसार कोरोना महामारीका कारण व्यवसाय राम्रोसँग चल्न नसक्दा आर्थिक समस्या परेको भन्दै अशोकले केही समय पर्खन आग्रह गरेका थिए ।

तर, प्रिन्सिपल साहले अहिले नै पैसा चाहिने भन्दै अपशब्द प्रयोग गरी एक्कासि कुटपिट गरेको स्थानीयको भनाइ छ । नजिकै रहेका परिवारका सदस्यले झगडा छुट्याउन लाग्दा साहले उनीहरूलाई समेत कुटपिट गरेर घाइते बनाएका थिए ।

@नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...