Wednesday 22nd July 2026

नेपालमा फेरि एकै दिन ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिए


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक विवरणअनुसार यो अवधिमा १३ हजार दुई सय १७ जनाको पिसिआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबार दुई हजार एक सय १५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ ।

सङ्क्रमितमध्ये ३३,९८५ जना घरमा तथा ३,३४७ जना संस्थागत आइसोलेशनमा छन्। अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...