Thursday 22nd January 2026

नेपालमा फेरि एकै दिन ४ हजार ९ सय ४ जना कोरोना संक्रमित थपिए


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक विवरणअनुसार यो अवधिमा १३ हजार दुई सय १७ जनाको पिसिआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबार दुई हजार एक सय १५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ ।

सङ्क्रमितमध्ये ३३,९८५ जना घरमा तथा ३,३४७ जना संस्थागत आइसोलेशनमा छन्। अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...