Wednesday 13th May 2026

पाँच तारे होटलको मेनुमा निउरोको परिकार


आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-निउरो, धेरैजसो जंगलमा छ्यापछ्याप्ती पाइन्छ । यसलाई हामी तरकारीको रुपमा प्रयोग गर्छौं, अचारको रुपमा । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् । स्वादमा पनि विविधता ।

बजारमा पाइने तरकारी विषालु बन्दै गएको अवस्थामा निउरो त्यस्तो विकल्प हो, जसमा कुनै विषालु तत्व पाइदैन । किनभने यो जंगलमा पाइन्छ, जसलाई किटनाषक औषधी वा कुनै कृतिम मलखाँद प्रयोग गरिरहनु पदैन ।

तरकारी र अचारको रुपमा प्रयोग गरिने निउरो एसियाली देशमा निकै लोकप्रिय छ । तर, सबै प्रकारका निउरो खान मिल्ने खालका भने हुँदैनन् । निउरो प्राय जंगली क्षेत्रमा पाइन्छ ।

निउरोका परिकार

– निउरोको पिज्जा

– निउरोको पास्ता

– निउरोको छोइला

– निउरोको सलाद

– निउरो सादेको

पाँच तारे होटेलको मेनुमा

पछिल्लो यसको प्रयोगमा कमी आउन थाले पनि फाइभ स्टार होटलले भने आफ्नो मेनुमा राख्न थालेका छन् । खासगरि बिदेशी पर्यटकलाई नेपाली स्वाद चखाउने उद्देश्यका साथ यस्तो मेनु राख्न थालिएको हो ।

नेपाली निउरो अहिले बिदेशी पर्यटकको जिव्रोमा झुण्डिन थालेको छ । बिदेशीलाई नेपाली स्वाद चखाउने हेतुले निउरो र अन्य नेपाली खानाहरुमा फापरको रोटी र सिलमको अचार, छोइला, बारा, सिस्ननोको सुप, गेडागूडीको झोल (क्वटी), कोदोको रोटी, गोठ धुपको खिरजस्ता परीकारलाई पनि मेनुमा राख्न थालिएको छ । निउरोका दर्जनौ परीकार तयार पार्न मिल्ने भएकाले समयअनुसार यसका परिमार्जिन परीकार पनि थपिदै गएका छन ।

वन जंगल, खोलाको किनार, अल्लो तथा जुका लाग्ने ठाँउमा निउरो हुने भएकाले जोखिम मोलेरै भए पनि निउरो निकाली बजारअसम्म पुर्‍याउने काम गरिन्छ ।

कहाँ पाइन्छ ?

बीउ रोप्न नपर्ने तथा मिहिनेत नलाग्ने यो वनस्पती प्राय खोला किनारमा पाइने गर्छ । सडक सञ्जालसँग जोडिएका कैलाली, डोटी, डडेल्धुरा, बैतडी तथा बझाङका बजार तथा ग्रामीण क्षेत्रबाट निउरो प्रदेश नं ७ का तराईका जिल्ला कैलाली कञ्चनपुरलगायत भारतसम्म पुग्ने गरेको छ ।

यो तराईको ओसिलो ठाउँ र पहाडि भोगमा पाइन्छ । काठमन्डौ र अन्य शहरमा पनि यसको खपत हुने गरेको छ ।

कति स्वस्थकर ?

– स्वस्थ्यका लागि पनि निउरो निकै राम्रो मानिन्छ । यसबाट भिटामिन ए, बि र सिको मात्र पर्याप्त मात्रामा पाइन्छ ।

– निउरोमा आइरनको मात्रा पनि हुन्छ । त्यसैले, आँखाको दृष्टि कमजोर भएकाहरुले पनि नियमित सेवन गर्दा लाभदायक हुन्छ ।

– मुटु र मधुमेह रागीहरुका लागिसमेत निउरो निकै उत्तम आहर मानिन्छ ।

– समयमा भोक नलाग्ने समस्या छ भने पनि नियमित निउरोको
सेवन गर्दा हुन्छ । किनकी यसले भोग जगाउने काम गर्छ ।

– निउरोबाट प्रशस्त मात्रामा क्याल्सिएम पाइने भएकाले यसले हाड र दाँतलाई पनि मजबुत बनाउन सहयोग पुर्‍याउँछ ।

– गर्भावस्थामा भने निउरो त्यति उपयुक्त मानिदैन ।

#दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...