Monday 13th October 2025

विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश १ भेला सम्पन्न


निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन 
शिव खनाल – विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा शुक्रबार सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका गुरागाँई मोरङ र लता पौडेल इलाम, महासचिव रमेशचन्द्र अधिकारी धनकुटा, सचिव सुरेश काफ्ले विदारक सुनसरी र कोषाध्यक्ष कविता राई भोजपुर चयन हुनुभएको छ । सदस्यहरुमा चन्द्रकला अधिकारी पाँचथर, माधव पोखरेल उदयपुर, जय प्रसाद आचार्य झापा र तारा बहादुर बुढाथोकी संखुवासभा रहनुभएको छ । समितिलाई प्रदेशका हरेक जिल्ला समेट्न आवश्यक रहेकोले पछि पुर्णता दिइने कुरा बताइयो ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्व भरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरुलाई जोड्न खोजेको बताउनुभयो । नेपालबाट शुरुआत भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने र यो संस्था गैरनाफामुखी संस्था बन्ने र आफुहरुले निश्वार्थ भावनाले कार्य गर्ने कुरा बताउनुभयो । प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले साहित्यबाट समाज परिवर्तनका कार्य हुनसक्ने कुरा आफ्नो विगतका अनुभवलाई जोडेर प्रष्ट पार्नु भयो । वहाँले प्रतिष्ठान विदेश विभाग गठनको तयारीमा रहेकोे कुरा बताउनुभयो । गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी प्रसाद मिश्रले नवगठित समिति प्रदेश १ ले उत्कृष्ट कार्य गरि १ नम्बरमै रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नवगठित समितिका उपाध्यक्ष द्वय राधिका गुरागाँई र लता पौडेल, महासचिव रमेशचन्द्र अधिकारी तथा सचिव सुरेश काफ्ले विदारकले आफुले पाएको जिम्मेवारी इमान्दारितापुर्वक निर्वाह गर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सचिव मनिष कुमार शर्मा समित, सहसचिव सविता केसी, खोरिया विभागका संयोजक शोभा कडरिया कोइराला, आर्त अकुलीन, तारा बहादुर बुढाथोकी लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रम प्रदेश १ का संयोजक निरु गौतमको अध्यक्षतामा रहेको थियोे । वहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश १को अध्यक्ष जस्तो गरिमामय पदमा चयन गर्न मद्धत गरेकोमा सबै प्रति आभार व्यक्त गर्नुभयो ।

साथै उत्कृष्ट प्रदेश निर्माणका लागि समितिले कार्य गर्ने कुरा बताउनुभयो । कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव एवम् कार्यक्रमका संयोजक शिव खनाल जीवमले गर्नुभएको थियोे । वहाँले आफुले प्रवर्तन गरेको झर विधाका २ प्राविधिक झर वाचन गरि सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...