Tuesday 14th July 2026

विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश १ भेला सम्पन्न


निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन 
शिव खनाल – विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको प्रदेश १को भेला सम्पन्न भएको छ । भर्चुअल माध्यममा शुक्रबार सम्पन्न भेलाले मोरङ्ग बेलबारीका स्रष्टा निरु गौतमको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राधिका गुरागाँई मोरङ र लता पौडेल इलाम, महासचिव रमेशचन्द्र अधिकारी धनकुटा, सचिव सुरेश काफ्ले विदारक सुनसरी र कोषाध्यक्ष कविता राई भोजपुर चयन हुनुभएको छ । सदस्यहरुमा चन्द्रकला अधिकारी पाँचथर, माधव पोखरेल उदयपुर, जय प्रसाद आचार्य झापा र तारा बहादुर बुढाथोकी संखुवासभा रहनुभएको छ । समितिलाई प्रदेशका हरेक जिल्ला समेट्न आवश्यक रहेकोले पछि पुर्णता दिइने कुरा बताइयो ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कनले विश्व भरि रहनुभएका नेपाली भाषा साहित्यमा लाग्नुभएका स्रष्टा एवम् पाठकहरुलाई जोड्न खोजेको बताउनुभयो । नेपालबाट शुरुआत भएको यो अभियानले नेपाली भाषा साहित्यको समग्र विकासका लागि कार्य गर्ने र यो संस्था गैरनाफामुखी संस्था बन्ने र आफुहरुले निश्वार्थ भावनाले कार्य गर्ने कुरा बताउनुभयो । प्रतिष्ठानका विदेश विभाग प्रमुख खगेन्द्र बस्यालले साहित्यबाट समाज परिवर्तनका कार्य हुनसक्ने कुरा आफ्नो विगतका अनुभवलाई जोडेर प्रष्ट पार्नु भयो । वहाँले प्रतिष्ठान विदेश विभाग गठनको तयारीमा रहेकोे कुरा बताउनुभयो । गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी प्रसाद मिश्रले नवगठित समिति प्रदेश १ ले उत्कृष्ट कार्य गरि १ नम्बरमै रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नवगठित समितिका उपाध्यक्ष द्वय राधिका गुरागाँई र लता पौडेल, महासचिव रमेशचन्द्र अधिकारी तथा सचिव सुरेश काफ्ले विदारकले आफुले पाएको जिम्मेवारी इमान्दारितापुर्वक निर्वाह गर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सचिव मनिष कुमार शर्मा समित, सहसचिव सविता केसी, खोरिया विभागका संयोजक शोभा कडरिया कोइराला, आर्त अकुलीन, तारा बहादुर बुढाथोकी लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रम प्रदेश १ का संयोजक निरु गौतमको अध्यक्षतामा रहेको थियोे । वहाँले विश्व नेपाली साहित्य प्रतिष्ठानको प्रदेश १को अध्यक्ष जस्तो गरिमामय पदमा चयन गर्न मद्धत गरेकोमा सबै प्रति आभार व्यक्त गर्नुभयो ।

साथै उत्कृष्ट प्रदेश निर्माणका लागि समितिले कार्य गर्ने कुरा बताउनुभयो । कार्यक्रमको संचालन विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव एवम् कार्यक्रमका संयोजक शिव खनाल जीवमले गर्नुभएको थियोे । वहाँले आफुले प्रवर्तन गरेको झर विधाका २ प्राविधिक झर वाचन गरि सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक…

प्रतिकृयाहरू
...