Sunday 24th May 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला भव्य रूपमा सम्पन्न


तीतोपाटी – चन्द्रागिरी साहित्य प्रतिष्ठानको ६३ औं काव्य श्रृङ्खला स्वतन्त्र विधामा वाचन गरि भव्य रुपमा सम्पन्न भएको छ । गत साउन १३ गते भर्चुअल अनलाइन माध्यमबाट सम्पन्न काव्य श्रृंखलामा विभिन्न स्रष्टाहरूले विभिन्न विधामा साहित्य वाचन गरेका थिए ।
काव्य श्रृंखला कार्यक्रम चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधकिारी धड्कनको सभाध्यक्षता, वरिष्ठ साहत्यिकार डा. बम बहादुर थापा जिताली, कलानिधि दाहालको विशिष्ठ आतिथ्यता अनी सुधा बास्कोटा ढकालको संचालनमा ६३ औं श्रृङ्खला भव्य रुपामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नर्मिल पराजुली, पूर्ण पन्त, रमेश चन्द्र अधकिारी, शारदा आचार्य, टेक बहादुर लौडारी, गंगा लिगल, लक्ष्मी प्रसाद मिश्र, चन्द्रावतीअधकिारी, द्वारकिा कुईकेल,उर्मिला पन्त, आर्त अकुलीन, सीता बिष्ट कार्की, दुर्गा अधकिारी भमरकोटे, हरिप्रसाद चौलागाइ, वर्षा वाग्ले, यज्ञलाल सुवेदी, बासु ठकुरी,बिनु बाबा घिमिरे, सरु ज्ञवली, सुमित्रा सुमी,सविता वाग्ले, जगदीश्वर पोखरेल, शोभा कडरिया ,सिता पाण्डे, उत्तम भेटवाल, लक्ष्मी बस्याल, सुर्य कुमार पण्डित, सुर्य वदना पण्डित, सिर्जना खनाल, चन्द्रा न्यौपाने, रमला देवी वाग्ले लगायत गजलकारहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।

कवतिा, गजल, मुक्तक,खोरिया, उदक,सुसेली रचना मार्फत गुरुको महिमा सम्बन्धि रचनाहरू वाचन गरिएका थिए ।लक्ष्मी प्रसाद मिश्र र चन्द्रावती अधकिारीले खोरियालाइ तीज भाकामा सुन्दर दोहोरी प्रस्तुत गरेका थिए भने वरिष्ड साहत्यिकार बम बहादुर थापाले वाचित रचनाको टप्पिणी गर्दै यथास्थिति, प्रयासरत, बहुआयामिक रचनाहरू थिए भन्दै साहयत्यमा लेखनको समाधि हुनुपर्छ भने । कलानीधि दाहालले गुरु बन्न सत्चरित्रको आवस्यक पर्छ भन्दै रचना मार्फत अल्पज्ञानी घमण्डी छु के गुरू बन्न सक्छु म ( गुरु बृक्ष जस्तो बन्नु पर्छ भन्ने सन्देश पस्केका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष जनार्दन धड्कनले खोरिया प्रवर्तन गर्ने मौका पाएर यसमा पूर्व झापा देख पश्चिम कन्चनपुर सम्मका वरिष्ठ साहत्यिकारहरूले कलम चलाउनु भएकोले नेपाली साहित्य आकाशमा खोरियाले उज्यालो प्रकाश भर्न सफल भएको भन्दै आफ्ना ३ खोरियाबाट सम्बोधन गरी गजल प्रस्तुत गरि सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै काव्य श्रृंखलाको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...