Wednesday 16th September 2026

मोसु कुवेतले कोरोना रोकथाम सहयोगार्थ केन्द्रलाइ ३ लाख १६ हजार भन्दा बढि सहयोग पठायो


तीतोपाटी – मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति विशेषको सहयोगमा संकलन गरि पठाइएको हो ।

विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ को दोश्रो लहरका कारण नेपाल आक्रान्त भएपछि विश्व भरबाट विभिन्न संघ संस्थाले नेपाल र नेपालीका लागि सहयोग संकलन गरेर स्वदेश पठाइरहेका बेला मोरङ सुनसरी सेवा समाज कुवेतले पनि कुवेतमा सहयोग अभियान संचालन गरि सहयोगी मनका धनी जम्मा ८६ जना बाट उठेको ८१३ केडी ५०० फिल्स को नेपाली सटही दरमा हुन अाएको उक्त रकम केन्द्रमा पठाएको हो ।

मोसु केन्द्रले आफ्नो कोषबाट अक्सिजन सिलिन्डर किलेर जिल्लामा वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो।

अभियानमा सहयोग गर्ने सहयोगदाताहरुको नामावली यसप्रकार छः

 


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...