Tuesday 23rd December 2025

सोमनाथ लुइटेल “रवि पाल्पाली” को एक पाञ्चायन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार”

पाञ्चायन १ (एक)

पञ्चाङ्ग ५ ( पाँच )

पञ्चाङ्ग १

मामाघर नजिक भन्दा टाढा भएको राम्रो
मामा भन्जा बिचको नाता गाढा भएको राम्रो
निर्धन भएपछि हेपिन्छन मावलीबाट
सम्झौताको दुरि पनि आषाढा भएको राम्रो
हुनु भन्दा स्वतन्त्र अनि साँढा भएको राम्रो ।

पञ्चाङ्ग २

जति गरेपनि काम बन्दैन टुना लाग्यो कि
अनाहकमा पैसा गयो मेरा चुना लाग्यो कि
सानो सोच अधिक बुद्धि नभएको बेलामा
आवतजावत बन्दै भएसी कुना लाग्यो कि
निश्चित रुपमा भएन दुई गुणा लाग्यो कि ।

पञ्चाङ्ग ३

मेरो सपनाको रानी ज्ञानी हुनुपर्छ
दया, मायाले सप्पन्न बानी हुनुपर्छ
तिमी जस्तै भएर देखाउनेछु सधैं
स्वच्छ निर्मल पवित्र पानी हुनुपर्छ
मायाले नै भरिएको खानी हुनुपर्छ ।

पञ्चाङ्ग ४

तिम्रो नै हो खेती भन्देपछि जान्छु
बरोबर पैसा गन्देपछि जान्छु
दुबैको हो समस्या मिलेर गरौं
बाँझो बारिलाई खन्देपछि जान्छु
मेरो लागि सबै बन्देपछि जान्छु ।

पञ्चाङ्ग ५

दियो पनि धपधपी जलेकै थियो त्यहाँ
मजुरा खैजडी ताली बजेकै थियो त्यहा
मन्दिरमा नै भक्ती गरे पाइन्छ आशिष
प्रवचन महात्माको चलेकै थियो त्यहाँ
धर्म सभा आनन्दको सजेकै थियो त्यहाँ ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा, हाल युगान्डा


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...