Saturday 22nd August 2026

नेपालमा कोरोना संक्रमण फेरि बढ्यो, एकै दिन ३८४० संक्रमित, ३३ जनाको मृत्यु


तीतोपाटी – नेपालमा कोरोना संक्रमण पुनः उकालो लागेको छ । पछिल्लो २४ घन्टामा मात्रै ३८४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका १५८०८ नमूनामा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १०८८६ नमूनाको पीसीआर र ४९२२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट २६ सय ३४ जना र एन्टिजेन विधिबाट १२ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७९१ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार १९९३ जना कोरोनाबाट मुक्त भएका छन्। कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४९ हजार ७२ पुगेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...