Thursday 15th January 2026

कुवेतमा एकै हप्तामा ३ नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम – रोजगारीका लागि कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्‍यु भएको छ।यसरी मृत्‍यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सर्लाहीका राजीउल्ला मोहमद रहेका छन् ।

राहदानी नं-१०६६७३०१की सुमित्रा तामाङ अबैधानिक रुपमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा काम गर्न कुवेत आईपुगेकी थिइन । उनले २०,जुलाई,२०२१ का दिन आफ्नो स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन ।

राहदानी नं- ०६९५३३३५का अमिर तामाङको जुलाई १९,२०२१ का दिन हृदयघातका कारण मृत्‍यु भएको हो । २५ वर्षिय अमिर सामान्य अवस्थामै सुतेकोमा बिहान मृत भेटिएका थिए । उनी केही समय देखी अवैधानिक रुपमा भागेर काम गर्दै आएका थिए।

त्यसै गरी राहदानी नं-०९८७९९१० का राजीउल्ला मोहमदको १८ जुलाई,२०२१ का दिन मोटरसाइकल दुर्घटनामा मृत्‍यु भएको हो।उनी हार्दिस पिज्जामा होम डेलिभरी मोटरसाइकल सबारी चालकको रुपमा काम गर्दै आएका थिए।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले सुमित्रा तामाङ-धनकुटा,अमिर तामाङ-लम्जुङ र राजीउल्ला मोहमद-सर्लाहीको मृत्‍यु बारे नेपाली राजदूताबवासमा जानकारी आएको बताए।उनले भने”यो हप्ता ३ जना नेपालीहरुको मृत्‍यु भएको छ। हामीले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि सम्बन्धित निकायहरु तथा कम्पनी(स्पोन्सर) संग समन्वय गरी कानूनी प्रकृया शुरु गरेका छौ, सम्बन्धित परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध गर्दछौ।”


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...