Thursday 8th October 2026

शीत काव्य गोष्ठी सम्पन्न


तीतोपाटी – शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट दर्जनाै स्रष्टाहरूले सहभागिता जनाइ शीत वाचन गरेका थिए ।

गोष्ठीमा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि ढकालले “मोतीराम भट्टले स्थापना गरेकोे मोती मण्डलीदेखि पुष्कर रेग्मीले परिकल्पना गरेको शीत काव्य समाजसम्म आइपुग्दा नेपाली साहित्यको विकासमा उल्लेखनीय योगदान पुगेको छ”भन्दै साहित्यको माध्यमबाट समाज परिवर्तनको लागि सर्जकहरूले अझ महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्ने बताइन् ।

समाजको पहिलो कार्यक्रम समेत भएकोले परिचय गरिनुका साथै शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शीत कसरी लेख्ने विषयमा संक्षेपमा प्रशिक्षण समेत दिइएको थियो । शीत २० भन्दा बढी नियमद्वारा लेख्न सकिन्छ । दुई, दुई अक्षरमा चार हरफ र जम्मा आठ अक्षर बराबर एक शीत मानेर लेखिन्छ ।

गोष्ठीमा राष्ट्रिय सुसेली मन्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी, गोगवु साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल, लोक सुसेली साहित्यकार लक्ष्मीप्रसाद मिस्र, अविस्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्य, नारी स्रष्टा दिला शाहले शीतको उपयोगिताका साथ व्यापिकरण हुँदै जाने र यस लघुतम बिधाले नेपाली साहित्यमा नया योगदान पुर्‍याउने छ भनी शुभकामना व्यक्त गरेका थिए ।

गोष्ठीमा सहभागीहरूले शीत वाचन र विभिन्न लयमा शीत गायन समेत गरेका थिए । शीत काव्य गोष्ठीमा पदमावती देवी, कृष्ण केसी, इन्दिरा ज्ञवाली, सुरेशचन्द्र घिमिरे, आयाम कार्की, बिनोद भारती, भावना खनाल, अम्बिका आचार्य, धर्मी शाक्य, बिष्णु भण्डारी आदिको सहभागीता रहेको थियो ।

समाजकी उपाध्यक्ष सीता बिष्ट कार्कीको स्वागतमा भएको भर्चुअल गोष्ठीको संचालन समाजका सचिव दामोदर ढकाल ‘दीपक’ ले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...