Tuesday 13th October 2026

कुवेतमा भिजिट भिसा बाट वर्क भिसा बनाउन सकिने


तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ ।

कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ।

श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र कम्पनी व्यावसायहरुको धारणाको आवश्यकता अनुसार वाणिज्य भिसालाई रूपान्तरण गर्न अनुमति दिनको लागी अनुमोदन गरेको छ।

कुवेत आउन चाहाने मजदुरहरूको भिसा अनिश्चितकाल सम्म बन्द भएपछि श्रम बजारमा ठुलो मात्रमा श्रम अभावको समस्या देखिएको छ। भने वर्तमान अवधिमा श्रम बजारको आवश्यकतालाई ध्यानमा राखी सहजीकरण गर्न उक्त निर्णय लिएको बताए।

श्रम अभावको समस्या समाधानको लागी मन्त्रि परिषदका महासचिवले जनशक्तिका लागि सार्वजनिक प्राधिकरणका महानिर्देशकलाई पत्र पठाउदै भिसा स्थानान्तरण लागु गर्न अनुमतिमा दिएका हुन।

गत २४ तारीख़को दिन मन्त्रीपरिषदको सम्पन्न बैठकमा कुवेतका पसल लगायत अन्य कम्पनीहरूद्वारा गरिएको पत्रचारको समीक्षा गरेका थिए। जसमा उनीहरूलाई कुवेत राज्यमा प्रवेश भिसा रूपान्तरण गर्न अनुमति दिन आग्रह गरिएको थियो। यस अघी कामका लागि अनुमति प्राप्त भए भ्रमण भिसा वालाले देश छोड्नु पर्ने र नयाँ प्रवेश भिसाको साथ फेरि फर्कनु पर्ने प्रावधान रहेको थियो।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...