Friday 26th June 2026

मिलन के.सी.(थापा)को झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

शीर्षक :-🌳🌳असार र झरी🌳🌳

१. रिमझिम वर्षा सँगै लाग्यो असार
खोलानाला सम्मै भाको छ वारपार

२. जताततै हरियाली देखिन थाल्यो
रोपाइँको तयारीमा किसान बीऊ फाल्यो

३. असार लाग्यो जताततै छ हरियाली
खुल्यो किसानको श्रमको दियाली

४. रोपाइँ सगै असारे गीत गाऊ
माना खाई मुरी उब्जाऊ

५. पाइपात भने खोलापारी
किसानको मन रुन्छ घरीघरी

६. कृषिमा लगानी आकर्षक भैन
उन्नत बिऊ,बिजन,मल छैन

७. लगानी हावाहुरी, बाँदर, रोगले खान्छ
माना खाएर मुरी कसरी उब्जन्छ

८. ए! असारे झरी
कति परेको सागर सरी

९. बाढी बग्यो वारिपारि
कति त बने बेघरबारी

१०. हाम्रो देशमा क-कसको परेको सराप
रोग सँगै बाढी, पहिरो समय खराब

✒️मिलन के.सी.(थापा)पोखरा


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...