Monday 22nd December 2025

नेपाली कामदारबाट अर्वाै ठगिएको भन्दै मलेसियन संसदमा छानविनको माग


तितोपाटी – मलेसियाकी डेमोक्रेटिक एक्सन पार्टी (डीएपी)की सांसद कस्तुरी पट्टोले कामदारबाट पाँच अर्ब नेपाली रुपैंयाभन्दा धेरै रकम ठगिएको विषयमा मलेसियाको गृहमन्त्रालयले छानबिन गर्नुपर्ने माग राखेकी छिन् ।

उनले पाँच वर्षदेखि नेपाली कामदार मलेसिया ल्याउने क्रममा अर्बौं ठगि भएको हुनसक्ने भन्दै त्यसबारेमा छानबिन गर्न मलेसियाको गृहमन्त्रालयलाई आग्रह गरेकी हुन् ।

मन्त्रालयले यसरी ठग्ने ‘साढेको सिङमा समातेर नियन्त्रण गर्नुपर्ने’ बताउँदै अध्यागमन विभागबाट सुरु गरेर विश्वव्यापी रुपमा छानबिन गर्नुपर्ने उनले बताइन् ।

अध्यागमनले गर्नुपर्ने काममा मलेसियाली कम्पनीहरुको माध्यमबाट धेरै पैसा ठगिएको उनले बताइन् ।

अमेरिकाको बेस्टिनेट एसडिएन बिएचडी कम्पनीसँग आबद्ध भएका नेपाली कम्पनीहरुले भिसा र बायोमेटि्रक जाँचको लागि भन्दै अर्बौं ठगिएको नेपाली सञ्चारमाध्यममा प्रकाशित भएपछि कस्तुरीले यसबारेमा छानबिन गर्नुपर्ने आवाज उठाएकी हुन् ।

श्रम मन्त्री गोकर्ण बिष्टले यस्ता सिन्डिकेटधारी संस्था खारेजी घोषणा गर्दै गृहमन्त्रालयमार्फत कारवाही चलाएका छन् ।

मलेसियन सांसद कस्तुरीले पूर्ववर्ती वारिसान नेसनल पार्टीका नेताहरुको समेत मिलेमतोमा ठगी भएको आरोप लगाएकी छिन् । ‘यस्तै माफियातन्त्रको कारण नेपाल सरकारले उनीहरुको कामदारलाई मलेसिया पठाउन छोडेको हुनसक्छ’ उनले भनिन् ।

नेपाल सरकारले दुई महिनाअघि मलेसिया कामदार पठाउने क्रममा चरम ठगी भएको भन्दै मलेसिया कामदार पठाउने प्रक्रिया बन्द गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...