Saturday 25th July 2026

कुवेतमा आज(जुन-२७)बाट कोभिड भ्याक्सिन नलगाएकाहरुलाई धेरै ठाउँमा प्रबेश निषेध:- कस-कसले प्रबेश पाउने?


हरी कृष्ण न्यौपाने-तीतोपाटी डटकम-कुवेत सरकारले कोरोना बिरुद्दको खोप (कोभिड भ्याक्सिन) नलगाएकाहरुलाई सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका),रेष्टुरेन्ट, हेल्थ क्लब, शैलुन र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश गर्न नदिने भएको छ।यो नियम आज जुन-२७,२०२१ आईतवारबाट लागू हुनेछ।

कोभिड भ्याक्सिन लाए-नलाएको विवरण कुवेत मोबाइल आइडी वा इमियून (Kuwait Mobile ID or Immune)मोबाइल एप्सहरुबाट हेरिने छ।यसरी सपिङ मलहरुमा आउने हरेक ब्यक्तिको विवरण हेर्नका लागि सपिङ मलहरुमा थप सुरक्षाकर्मीहरुको ब्यबस्था गरिएको अरब टाइम्समा जनाइएको छ।

कस-कसले प्रबेश पाउछन त सपिङ मलहरु(६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका), रेष्टुरेन्ट, शैलुनह,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा?

-कोभिड भ्याक्सिनका २ वटै डोज लगाएका ब्यक्तिहरु
-कोभिड भ्याक्सिनका १ डोज भ्याक्सिन लगाएको १४ दिन कटेका ब्यक्तिहरु
-कोभिड संक्रमण भई ९० दिन ननाघेका ब्यक्तिहरु
-स्वास्थ्यको कारण कोभिड भ्याक्सिन लगाउन नहुने ब्यक्तिहरु तर सम्बन्धित निकाय(कुवेत श्वास्थ्य मन्त्रालय)ले प्रमाणित गरेको हुनु पर्ने।
-१६ बर्ष मुनिका ब्यक्तिहरु

यसै गरी कुवेत सरकारले कुवेतको भ्यालिड भिषा भई कोरोनाको कारण कुवेत बाहिर रोकिएका आप्रबासिहरु मध्ये कुवेतले अनुमोदन गरेका भ्याक्सिनहरु(अक्सफोर्ड / एस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन र जॉनसन)मध्ये कुनै एकको २ वटै डोज लगाएहरुलाई अगष्ट-१,२०२१बाट कुवेत आउन दिने भएको छ।यसरी भ्याक्सिन लगाएकाहरु कुवेत आउनको लागि सरकारको स्वास्थ्य मन्त्रालयको वेबसाइट मार्फत उपलब्ध गराइएको लिंकबाट आफ्नो नाम रजिस्टर गराएर कुवेतको स्वास्थ्य मन्त्रालयबाट एप्रुभल हुनु पर्छ।

त्यस्तै कोभिड भ्याक्सिन नलगाएका आप्रबासीहरुको सेप्टेम्बर,२०२१ बाट लागू हुने गरी भिषा नविवरण नगरिने कुवेत सरकारले यस अघिनै बताइ सकेको छ।त्यती मात्र होइन,कुवेतमा हाल करिब २ लाख अबैधानिक(अनडकुमेन्टेड)आप्रबासीहरु रहेको अनुमान गरिएकोमा उनिहरुले कोभिड भ्याक्सिनको सुबिधा लिन नपाउने भएका छन।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...