Tuesday 4th August 2026

कुवेतबाट नेपालका लागि हप्तामा २ उडान हुँदै,होटल बुकिङ अनिबार्य


हरी कृष्ण न्यौपाने-कुवेतबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुका लागि कुवेतको जजिरा एयरलाइन्सले हप्तामा २ वटा उडान गर्ने भएको छ भने यसरी नेपाल फर्कन चाहने यात्रिहरुले सिसीएमसीले लिस्टमा राखेका होटलहरु मध्येबाट कुनै एकमा ५ दिनका लागि होटल बुकिङ अनिबार्य गरिएको छ।

कुवेतबाट जजिरा एयरलाइन्सको आगामी जुन २७ र ३० तारिक तथा जुलाई ४, ७, ११ लगाएतमा उडानहरु भएको एक ट्राभल ब्यबसायीले बताए।उनले कुवेतका केही ट्राभलहरुले उडाननै नभएको दिनको पनि टिकट कटाएको गुनासो आएको पाइएको बताए।उनले “टिकट काट्दा सके सम्म विश्वासिलो ट्राभल्सबाट टिकट लिने, टिकट काटेको भौचर लिने गर्न पनि सबैलाई सुझाए।साथै उनले टिकट शुल्क जजिराको करिब ८० केडीको हाराहारीमा रहेको बताए।”

५ दिन होटल क्वारेन्टाइन अनिबार्य

नेपाल सरकारको मन्त्रिपरिषधले गरेको निर्णय अनुसार मध्यपूर्ब र मलेशियाबाट आउने हरेक यात्रिहरुले सिसीएमसीले लिस्टिङ गरेको मध्येबाट कुनै एकमा ५ दिनको होटल क्वारेन्टाइन अनिबार्य गरिएको छ।यो ५ दिनको शुल्क (होटल अनुसार न्यूनतम नेरु तीन हजार)दैनिक भने यात्रिहरुले आँफै तिर्नु पर्ने छ। यदी चौथो दिन कोरोना परिक्षण गर्दा पोजेटिभ आएमा थप गरिएको समयको क्वारेन्टाइन खर्च भने नेपाल सरकारले बेहोर्ने छ। यो प्राबधान भने श्रम स्विक्रिती लिएर गएका र समयाबधी नसकिएका कामदारको हकमा हुनेछ।

कुवेतका ट्राभल ब्यबसायिहरुले उडानको टिकट लिनेबेलानै यात्रिहरुले होटल क्वारेन्टाइनको पैसा तिरेर होटल बुकिङ गर्न सक्ने बताए। उनले नेपालको लागि सिसिएमसिले लिस्टिङ गरेको होटलको ५ दिनको क्वारेन्टाइन प्याकेज ३० केडी देखी ७५ केडी सम्म रहेको बताए।

यदी तपाईं पनि नेपाल फर्कनै पर्ने अवस्थामा हुनुहुन्छ भने नजिकको विश्वासिलो ट्राभलमा वा जजिरा एयरलाइन्सको अफिसमा गई टिकट र होटल क्वारेन्टाइन बुकिङ गर्न सक्नु हुन्छ।त्यसै गरी उडानको समय हेरी नजिकको अस्पातलहरुबाट पिसीआर परिक्षण गर्नु पर्ने तथा सिसीएमसीको फर्म भरी त्यहाको क्यूआरकोड वा सिरियल नंको स्क्रिन सट लिएर आउनु पर्ने हुन्छ।

नोट:-उडान सम्बन्धी हिजो पोस्ट गरिएको सामाग्रीहरुमा कुवेतबाट नेपाल जाने जजिरा एयर हुनु पर्नेमा नेपाल एयर्लाइन्स भएकोमा त्यसै अनुसार बुझ्नु हुन अनुरोध गर्दछौ। सम्पादक -तीतोपाटी मिडिया प्रा.ली.


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...