गजल
 ससुराली मावलीको दाइजो सरी पाए देश ।
 पालोफेरो गरी गरी निकम्बाले खाए देश ।
स्वर्ग जस्तो रामराज्य कतै देख्न पाईन्थ्यो कि,
 मनमोहन, महेन्द्र र बि .पी . फेरि आए देश ।
निरङ्कुश नीतिकानुन करको त्यो दायरामा,
 जनतालाई जुवा हाली दाँदे भास्दै साए देश ।
बनाएका ठुला ठुला घर महल छाउनलाई,
 भत्काएर सुनको छाना परालले छाए देश ।
आफ्नो स्वार्थ पूरा गर्न सम्झौता र सन्धीबाट,
 पराईलाई ऋण पैँचो ठेकी ब्याजमा लाए देश ।
 ***
टहल आचार्य
 कालिञ्चोक ८ सुनखानी दोलखा
 बागमती प्रदेश
 
 














