Wednesday 18th February 2026

टहल आचार्यको गजल संग्रह – १८


गजल
ससुराली मावलीको दाइजो सरी पाए देश ।
पालोफेरो गरी गरी निकम्बाले खाए देश ।

स्वर्ग जस्तो रामराज्य कतै देख्न पाईन्थ्यो कि,
मनमोहन, महेन्द्र र बि .पी . फेरि आए देश ।

निरङ्कुश नीतिकानुन करको त्यो दायरामा,
जनतालाई जुवा हाली दाँदे भास्दै साए देश ।

बनाएका ठुला ठुला घर महल छाउनलाई,
भत्काएर सुनको छाना परालले छाए देश ।

आफ्नो स्वार्थ पूरा गर्न सम्झौता र सन्धीबाट,
पराईलाई ऋण पैँचो ठेकी ब्याजमा लाए देश ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...