Thursday 15th January 2026

मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राइलाइ रू. ७४ हजार भन्दा बढि सहयोग


तीतोपाटी – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिलेको सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि र कोषमा आवद्ध तथा अन्य सहयोगीहरूको तर्फबाट १४४ कुवेती दिनार जम्मा गरि हिँजो पीडित राइलाइ हस्तान्तरण गरिएको हो ।

लामो समयदेखि कुवेतमा कार्यरत शान्ति राइको धनकुटा जिल्ला, चौबिसे गाउँपालिका वडा नं. ५ स्थित घर गत बैशाख १ गते वन डंढेलोको कारण भएको आगलागीमा परेर जलेर नष्ट भएको थियो भने घरमा भएको अनाज तथा श्री सम्पती सबै जलेर खरानी भएको थियो ।

परिवारको हर्ताकर्ताको रूपमा रहेर पारिवारिक गुजारा चलाइरहेकी शान्ति राइ कोरोना महामारीको कारण घर जान पनि नपाएको अबस्थामा बस्ने बासस्थान नै जलेर नष्ट भएको र घरायसी आर्थिक अबस्था समेत कमजोर रहेको उक्त परिवारको पीडामा थोरै भने पनि मलहम लगाउन सकियोस भन्ने हेतुले मेचीकाली सामुहिक बचत कोषले उक्त सहयोग गरेको हो ।

पीडितको स्थायी बसोबास भएको उक्त घर जलेर नष्ट हुँदा बृद्ध अबस्थाका बाबु आमाको ओत लाग्ने समेत ठाउँ नभएको यस विषम् परिस्थितिमा संस्थागत बाहेक व्यक्तिगत रूपमा सहयोग गर्ने दाताहरूको नाम यस प्रकार रहेको छः

१. राजन श्रेष्ठ – ५ केडि
२जीवन कुमार बि. क. – ५ केडि
३.जिवन सुनार – ५ केडि
४.सत्य सुवाल – ५ केडि
५.मनिष केसी – ५ केडि
६.माधब पौडेल – ५ केडि
७. कृष्ण सुनार – ५ केडि
८. हितकाजी चन्द्र गौतम – ५ केडि
९. हर्क बस्नेत -२ केडि
१०.सन्जय कुमार – २ केडि
११. इलाज श्रेष्ठ – २ केडि
१२. रूवी तामाङ – २ केडि
१३. पार्वती बन्जारा – ३ केडि
१४. ललिता थापा – ५ केडि
२५. नारायण श्रेष्ठ – ५ केडि
१६. लक्ष्मी देवी गोमजेन – २ केडि
१७. असली माया तामाङ – २ केडि
१८. आशा थापा – २ केडि
१९. मिलन तामाङ – ५ केडि
२०. प्रदिप महतो – २ केडि
२१. सुजन केसि – ५ केडि
२२. आनन्द आचार्य – ५ केडि
२३. अरूण श्रेष्ठ – २ केडि
२४.बिमला पण्डित – ५ केडि
२५. बिष्णु मागर – १० केडि
२६. सुवर्ण दाहाल – ५ केडि
२७. देवी गुरूङ – ५ केडि
२८. सुविता तामाङ – २ केडि
२९. सुनिता तामाङ – २ केडि
३०. तुलसी घर्ती – १ केडि
३१. मित्रभक्त आचार्य – २ केडि
३२. सुनिता आले तामाङ – ५ केडि
३३. लोमस बास्तोला – ५ केडि
३४. ध्रुब श्रेष्ठ – ५ केडि
३५. दलसिंह चौधरी – १ केडि
३६. अमेम्बर राइ – ५ केडि
३७. नबराज राइ – ५ केडि

कुवेतमा कार्यरत पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जुनसुकै नेपाली श्रमिक आवद्ध हुन सकिने मेचीकाली सामुहिक बचत कोष विगत १ दशक भन्दा लामो समयदेखि कुवेतमा कृयाशिल छ भने यसमा कोषमा आवद्ध सदस्यहरूको आर्थिक उन्नतीको लागि सामुहिक बचत कार्यक्रम संचालन गरि कोषमा आवद्ध सदस्यहरूबाट संकलित रकमलाइ सदस्यहरूको सेवार्थ लगाइ रहेको छ । प्रवासको श्रमिक दैनिकीमा मासिक कमाइले मात्रै आँटे ताकेको काम बन्न नसक्ने अबस्थामा सदस्यहरूले कोषबाट सापटी रकम लिएर आफ्नो गर्जो टार्न सक्दछन् भने सापटी रकम विस्तारै तिर्न पनि सकिने भएकोले यस कोषमा आवद्ध हुनेहरूको संख्या दिनानुदिन बढ्दो छ ।
जलेर नष्ट भएको घर, अनाज पानी र श्री सम्पतीको अबस्थाः


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...