“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना ‘१’
कलियुगमा पापीको बोलवाला हून्छ
सिधा साधा सधैँभरि भित्र भित्रै रुन्छ ।
बाँसुरीको धुन मीठो मानिसको गुन
पूर्णिमाको जून मीठो तरकारीमा नुन ।
उमेरसँगै ओइलाउँछ जिन्दगी
बन्दो रहेछ खाली ईश्वरको बन्धकी ।
जीवन रहेसम्म जिम्मेवारी रहने
बुढेसकालको गर्हौ भारी कसरी सहने ।
सिरानी एक्लोको साथी भएछ
सॅग सॅगै हाँस्ने सॅगै रूने रहेछ ।
जिउने रहरमा हस्पिटल गएकी
दुःखद कुरा बाघको भोज भएकी ।
सुगन्ध बोकी हिँड्छ पवन
मनमा ल्याउँछ स्वर्गीय चयन ।
जीवन संघर्षको विशाल मैदान हो
अल्छीलाई घाँडो ज्ञानीलाई फाइदा भो ।
दैवको खेललाई रोक्न सकिन्न
मनका बह सबै पोख्न सकिन्न ।
कर्मको फल खानु कति आनन्द
सत्कर्म गरी जानु कति आनन्द ।
कक्टेल जिन्दगी बुझ्न नै गार्हो
बक्र गोरेटो छुट्याउन अति साह्रो ।
निरू गौतम
मोरङ