Friday 22nd May 2026

समुन्द्रा शर्माको झरना – १


” झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”
झरना: (१० झर)

१. देखावटी पनको विरुद्धमा कुर्लन मन लाग्छ ।
आश्वासनको सुन्दर महल भत्काउन मन लाग्छ ।

२. ठोकिँदै फर्किन्छन् न्याय नपाइ आवाजहरु ।
किन भत्कदैनन् यस्ता अनगिन्ती पर्खालहरु ।

३. अगाडि बढेका पाइलाहरुमा ठेस लाग्दा ।
पिरोल्छ मन नदेखिने सुइरोले रोप्दा ।

४. जसरी मिल्न सक्दैनन् खोलाका दुई किनार ।
रात र दिनको मिलन पनि कहाँ भएको छ र ।

५. नियम बनाउनेहरुले नियम भत्काएपछि ।
आशा कस्को गर्नु निराशा पलाए पछि ।

६. कता हरायो घरको साँचो ।
बुझ्नुपर्ने घरमा केको छ खाँचो ।

७७. हतियारले बनाएको घाउ निको हुन सक्छ ।
बचनले बनाएको घाउ बल्झि रहन्छ ।

८. दु:खमा सधैं रुने गर्छ सुख लुकाउछ ।
अौसरबादी रहेछ ऊ मनलागेको गर्छ ।

९. सुनाउँदा सुनाउँदै आफ्नै ब्यथाहरु पनि ।
रोचक कथाझैं लाग्दो रहेछ नी ।

१०. आफ्नो मनले बोल्न सके केहि फरक हुन्थ्यो ।
सुगा हो विचरा ऊ सिकाए जति जान्दथ्यो ।

समुन्द्रा शर्मा, ईटहरी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

प्रतिकृयाहरू
...