Tuesday 27th January 2026

६ महिनामै जन्मियो जीवितै बच्चा, बच्चाको ताैल ३७५ ग्राम


तितोपाटी – सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ ।

हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् ।

छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् । आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो ।

डाक्टरका अनुसार सामान्य तालिका भन्दा ४ महिला पहिले बच्चीको जन्म भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ । आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...