Monday 19th January 2026

निषेधाज्ञा कार्यान्वयन गराउन गएका असई र जवान पसलबाट रक्सी बोकेर फर्किएपछि


तीतोपाटी डटकम-जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ।ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय छन्।

कार्यालयले उनीहरूलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो।असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका-२३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो।त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस.के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए।प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो। त्यही बेला पसलका सञ्चालक भने फरार भएका थिए।

सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए। प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो।भिडिओ सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

साभार- सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...